लन्डन । लन्डनबाट प्रकाशित हुने लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको छ ।
फाइनान्सियल टाइम्सको कार्यालय लन्डनमा मंगलबार आयोजित एक समारोहबीच दि बैंकर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६’ अवार्डका साथै ९० वर्ष पहिले स्थापित उक्त पत्रिकाका संस्थापक सम्पादक ब्रेण्डन ब्रयाकनको मूर्ति प्रदान गरे ।
उक्त अवसरमा बोल्दै सम्पादक क्याप्लेनले नेपालमा गत वर्षको भूकम्पपछि मानवीय तथा वैदेशिक सहायता जुटाउन तत्कालिन अर्थमन्त्रीको रुपमा महतले खेलेको भूमिकाको सम्मान गर्दै पुरस्कार दिइएको बताए । भूकम्प लगत्तै महत अर्थमन्त्रीका हैसियतमा अजरबैजानमा भएको एसियाली विकास बैंकको वार्षिक बैठकमा पुगेर सहयोग याचना गरेका थिए । त्यसपछि गत जुन २५ मा नेपालमा आयोजित पुनर्निर्माण सम्मेलनमा चार दशमलव एक बिलियन डलर वैदेशिक सहयोगको प्रतिवद्धता आउनुलाई बैंकरले महतको योगदान ठानेको छ ।
अवार्ड ग्रहण गरेपछि महतले यो राष्ट्रिय सम्मान भएको प्रतिक्रिया दिए । ‘मलाई यो सम्मान दिलाउन नेपाल सरकार, योजना आयोग, समकक्षी साथीहरु लगायत सबैको सहयोग प्राप्त भएको छ । उहांहरु सबै बधाइका पात्र हुनुहुन्छ’, महतले भने, ‘यसले मलाई देशको पुनर्निर्माण र आर्थिक समृद्धिमा काम गर्न थप प्रेरित गरेको छ ।’
डा. महतले ‘निकृष्ट अर्थतन्त्रका उत्कृष्ट अर्थमन्त्री’ भन्दै सामाजिक सञ्जाल र अन्यत्रतिर भएको आलोचनाको प्रतिवाद गरेका छन् । ‘देशको अर्थतन्त्र मैले डामाडोल पारेको छैन्’, उनले प्रतिप्रश्न गर्दै अगाडि भने, ‘के दशक लामो तथाकथित जनयुद्ध, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, अनुशासनहीनता म अर्थमन्त्रीका कारण भएका हुन् ? बरु, मैले विषम परिस्थितिबीच पनि वित्तिय सन्तुलन कायम राखें ।’
महतले आफू अर्थमन्त्रीबाट निस्कंदा सरकारी ढुकुटीमा ८० अरब रुपैयां रहेको उल्लेख गर्दै आन्तरिक ऋण सबैभन्दा न्यून रहेको बताए । उनले नेपालको डेट जिडिपी रेसियो संसारकै सबैभन्दा तल रहेको पनि उल्लेख गरे । ‘पछिल्लो समय आन्तरिक राजश्व बढेको छ’, उनले भने, ‘हाम्रो अर्थनीति सही छ तर राजनीतिक अस्थिरता आर्थिक समृद्धिको वाधक रह्यो ।’ उनले अब देशमा सुरक्षाको प्रत्याभूतिसहित आर्थिक विकासरुपी राजनीति आवश्यक रहेकोमा जोड दिए ।
महतले अवार्ड ग्रहण गर्दा लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ), एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, वुद्धिजिवी डा. विजन पन्त, कांग्रेस युवा नेता विज्ञान प्रसाईंलगायत सहभागी थिए ।
यसैबीच, सांझ महतलाई नेपाली जनसम्पर्क समिति, बेलायतले एक कार्यक्रमबीच सम्मान गरेको छ । समितिका सभापति लोक गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सहभागीले महतसंग देशको अर्थतन्त्र, व्यापार व्यवसाय, लगानी आदिबारे जिज्ञासा राखेका थिए ।
उक्त अवसरमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले महतलाई वधाई दिंदै अब देशको आर्थिक समृद्धि अझ बढि हुने आशा व्यक्त गरे । उक्त अन्तरक्रिया महामन्त्री शिव तिमिल्सिना र आर के त्रिपाठीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कृष्ण गुरुङले दिएका थिए ।
 सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन