काठमाडौँ, २ माघ । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत राज्य पुनःसंरचनाको सीमाङ्कन टुङ्ग्याउन सहमत भएको छ ।
प्रमुख तीन राजनीतिक दल र मोर्चाको संयुक्त कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा मोर्चाले राजनीतिक समितिमार्फत समस्याको समाधान गर्न तयार देखिएको हो । तर मोर्चाले त्यसका लागि प्रष्ट कार्यविधि बनाउनुपर्नेमा जोड दिएको छ ।
प्रमुख राजनीतिक दलले राज्य पुनःसंरचनाको सम्बन्धमा देखिएको विवाद हल गर्न तीन महिनाको समय दिएर उच्चस्तरीय समिति बनाउने प्रस्ताव अगाडि सारेका थिए ।
विज्ञ सम्मिलित टोलीले तीन महिनाभित्र सीमाङ्कनको विषय टुङ्ग्याउने र त्यसलाई वैधानिकता दिने विषयमा प्रमुख दलका तर्फबाट यसअघि नै अगाडि सारिएको प्रस्तावमा मोर्चाले सर्तसहित सहमति जनाएको अवस्थामा वार्ता फलदायी हुने दिशामा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ ।
प्रमुख दलका तर्फबाट आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल र त्यसमा भएका प्रगतिकाबारे मोर्चालाई जानकारी गराइएको थियो । व्यवस्थापिका–संसद्को बैठक यही माघ ५ गते बोलाइएको सन्दर्भमा त्यस अगावै सहमति जुटाउन भने दुवै पक्ष सहमत भएका छन् ।
बैठकमा सहभागी सङ्घीय समाजवादी फोरम नेपालका नेता डा मङ्गलसिद्धि मानन्धरले वार्ता सकारात्मक दिशामा अगाडि बढेको र विवाद साघुरिँदै गएको जानकारी दिनुभयो ।
उहाँले दुवै पक्ष अत्यन्तै लचकताका साथ वार्तामा प्रस्तुत भएकाले सहमति निकट रहेको र आफूहरुले उठाउँदै आएको विषयमा सहमति जुट्ने विश्वास बढेको बताउनुभयो ।
तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले पनि वार्ता सकारात्मक दिशामा अगाडि बढेको र ठूला दलको तर्फबाट आज बिहान भएको वार्ता र प्रगतिका बारेमा जानकारी गराइएको बताउनुभयो ।
विराटनगरको जोगवनी नाकामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएपछि कार्यदलको बैठकमा सहभागी नभएको सो पार्टीसमेत आजको बैठकमा सहभागी भएको थियो । सो पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण बैठकमा सहभागी हुनुभएको थियो ।
प्रमुख दलले भने आइतबारसम्म मोर्चासँग सहमति जुटाउने निर्णय गरेको सन्दर्भमा भोलिको वार्ता सार्थक बन्ने विश्वास लिइएको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ