
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको पार्टीका पदाधिकारी र विधान मस्यौदा समितिको संयुक्त बैठकमा सहभागी नेताहरु । तस्बिरःजीवन भण्डारी, रासस
काठमाडौँ, १ माघ । नेपाली काँग्रेसका शीर्ष नेताले पार्टीको विभिन्न संरचना निर्माण गर्नुभन्दा पहिले आन्तरिक रुपमा विस्तृत छलफल गरी विकल्पसहित प्रस्ताव ल्याउन पार्टीको विधान मस्यौदा समितिलाई आग्रह गरेका छन् ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पार्टी पदाधिकारी र विधान मस्यौदा समितिको आज बसेको संयुक्त बैठकले पार्टीको तल्लो तहसम्म छलफल गरेरमात्रै विधान संशोधन आवश्यक निर्णय लिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
गाउँ, नगर, क्षेत्र, जिल्ला तहमा भने हालको संरचना नै कायम गरेर जाने सहमति भने यसअघि नै भएको छ । तर प्रदेश र केन्द्रमा भने कस्तो संरचना बनाउने भन्नेमा भने थप छलफलको आवश्यकता देखिएको सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले बैठकमा केही नेताले सबै तहमा निर्वाचित हुने व्यवस्था गर्दा जायज हुने धारणा राख्नुभएको भए पनि अन्तिम निष्कर्ष नआएको र सघन छलफल गर्नुपर्नेमा मतैक्य देखिएको बताउनुभयो ।
तर केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने पार्टीको गाउँ तथा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो ।
राज्यको नयाँ संरचनाअनुसार अब बन्ने प्रदेश राजनीतिको महत्वपूर्ण केन्द्र हुने भन्दै त्यसमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिइएको उहाँको भनाइ छ ।
सङ्गठन विभाग प्रमुख ढुङ्गाना भने व्यापक छलफल गरेर विभिन्न विकल्पसहितको खाका ल्याउन शीर्ष नेतृत्वले निर्देशन दिएको उल्लेख गर्नुभयो । बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक सबै पदाधिकारी र विधान मस्यौदा समितिका सदस्य सहभागी हुनहुन्थ्यो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल