
भूकम्पले घर भत्काएपछि नौं महिनादेखि बाख्राको खोरमा सुत्दै आएका दोलखा सुरी गाविस ४ का ७२ वर्षीय रामबहादुर श्रेष्ठ । तस्बिर ः गोकर्णप्रसाद भण्डारी, दोलखा, रासस
सुरी (दोलखा), १ माघ । सुरी गाविस–४ का रामबाबु श्रेष्ठ हिजोआज बाख्रासँगै सुतेर रात कटाउनुहुन्छ । उहाँसित सम्पत्तिको नाममा अहिले चारवटा बाख्रा मात्र छन् । परिवारका कुनै पनि सदस्य जीवित छैनन् । उमेर ७२ काटेका रामबहादुरको सम्पत्तिको नाममा रहेका तिनै चारवटा बाख्रा चराउनु र उनीहरुसँगै सुत्नु बाहेकको विकल्प उहाँसित छैन ।
भूकम्पजानु अघि उहाँको छुट्टै घर थियो । बाख्राका लागि खोर पनि छुट्टै थियो । अहिले घरगोठ सबै गुम्यो । सरकारले भूकम्पपीडितलाई उपलब्ध गराउने भनिएको रु १५ हजार समेत श्रेष्ठले अहिलेसम्म पाउनु भएको छैन । “मेरो बोली दिने कोही छैन, त्यसैले राहत पाउन सकेको छैन” उहाँले भन्नुभयो ।
जिल्लाको खारे गाविस–४ का शङ्कर खत्री अहिले धमाधम भूकम्पले भत्काएको घरको ढुङ्गा, माटो पन्छाउँदै हुनुहुन्छ । गत वैशाख १२ र १३ गते गएको भूकम्पबाट सामान्य क्षति बेहोरे पनि २९ गतेको भूकम्पले घर पुरै भत्काएको थियो । “घर बनाउन आर्थिक अभाव छ, कहाँ वास वस्ने भन्ने पिरलो छ” उहाँले पीडा सुनाउनुभयो ।
खत्री जस्तै जिल्लाका अधिकांश वासिन्दा ओत लाग्ने ठाउँको खोजिमा हुनुहुन्छ । धान, कोदो भित्र्याएर फुर्सदमा रहेका जिल्लाका भूकम्पपीडित घर बनाउन आतुर छन् । जस्तापाताबाट निर्मित अस्थाई टहरामा बस्दै आएका उनीहरुलाई चिसोले सताएपछि छटपटि भएको छ । “जस्ताको छानो भएको टहरामा धेरै चिसो हुन्छ, ढुङ्गा माटोको घरमा न्यानो हुन्थ्यो” खत्रीले भन्नुभयो ।
भूकम्पले घर भत्काएको नौ महिना वित्दासम्म पीडितले सरकारले उपलब्ध गराउने भनिएको राहत रकम कुरेर बसिरहनु भएको छ । “घरको नमुना र आवश्यक निर्देेशनको पर्खाईमा छौँ” स्थानीयवासी विमल खत्रीले भन्नुभयो । जस्तापाताबाट निर्मित टहरामा बास बस्नु परेकै कारण योवर्ष चिसोले सताएको उहाँ बताउनुहुन्छ । जाडोकै कारण यो वर्ष अहिलेसम्म जिल्लामा एकदर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ बालबालिका र वृद्धवृद्धा विरामी अवस्थामा हुनुहुन्छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?