भनिन्छ युवा देशको मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । घाइते अनि पाको उमेरका बा आमालाई त आफ्ना बुढेसकालको सहारा छोरा छोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तानप्रति आश लाग्नु स्वभाविक हुन्छ । जसले आफ्नो बालापन देखि पठनपाठन सम्पूर्ण त्यही माटोमा खर्चेका हुन्छन् एउटा सुनौलो भविष्यको आशमा ।
एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउंछ त्यो हो विदेश पलायन ।
हुने खाने र सक्षम जो छन् उनीहरुको रोजाइमा पर्छ अमेरिका, लन्डन अनि अस्ट्रेलिया । अनि निम्न वर्गीय र पढाईबाट हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक । गएको ५ वर्षमा मात्रै ३४ लाखभन्दा बढि नेपाली युवा विदेश पलायन भएको एक पछिल्लो सर्वेक्षणले बताएको छ जुन हृदयविदारक र कारुणिक छ ।
किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना काठमान्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला पहिरिएर चांडै फर्किने आशमा आंखा भरि आंशु पारेर वृद्ध बा आमालाई छाडेर परदेसिन वाध्य हुन्छन् ।
जीवन त्यस्तो सोचे जस्तो कहां सजिलो छ र विदेशको । खाडी मुलुकको कथा आफ्नै छ । कुनै पनि देश जानु भन्दा अगाडि त्यहांको वस्तु स्थिति, हावा पानी, सामाजिक अनि सांस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी हुन्छ । कसैको लहैलहैमा वा बकम्फुसे गफको पछि नलागी इन्टरनेटको दुनियांमा आफैंले अनुसन्धान गरेर वास्तविकता के हो बुझेर आउंदा फलदायी हुन सक्छ । आफू भन्दा दिग्गज् जसलाई वास्तविकता थाहा छ ती साथीहरूबाट उचित परामर्श, सुझाव सल्लाह लिएर चालेको कदम नै उचित हुन्छ ।
विद्यार्थी भिजामा आउंदै हुनुहुन्छ भने आउनु अगाडि कलेज वा विश्व विद्यालयबारे राम्रोसंग बुझेर आउंदा दुःख पाइन्न । भिजा लगाउनु वा आउनु ठूलो कुरा होइन । यहां आइसकेपछि आइपर्ने वाधा अड्चन मुख्य हुन जान्छ । कलेजको चर्को फि तिर्ने कसरी ? कस्तो काम गर्ने, काम पाउने सम्भावना के कति हुन्छ, वैधानिक रुपमा साताको कति घन्टा काम गर्न पाइन्छ, बस्ने ठाउं कस्तो छ, खानपिन र बसाईमा कति खर्च लाग्छ, यस्ता यावत विषयमा जानकार हुन जरुरी हुन्छ । यति मात्र नभएर तपाईं पढ्न आउनु भएको विषयको स्कोप के कति छ, पिआरको सूचीमा छ कि छैन् त्यो बुझ्न महत्वपूर्ण हुन्छ ता कि तपाईंले गरेको खर्च भोलि गएर बालुवामा पानी जस्तो नहोस् ।
तपाईं विदेश जांदै हुनुहुन्छ भने तपाईंको स्वास्थ्य कस्तो छ त्यो बुझ्न एकदम जरुरी छ । तपाईं कत्तिको स्वास्थ्य हुनुहुन्छ त्यसले पनि ठूलो असर पार्न सक्छ । कति साथीहरु आफ्नो स्वास्थको कारणले काम गर्न नसकेको मैले देखेको छु । घरको परिस्थितिले या मायांमा फसेका साथीहरू होम सिकले फर्केको पनि यदाकदा सुन्नमा आउंछ । आफूले सोचे जस्तो गर्न नसक्दा या भनौं साथीले यति कमाई सक्यो मैले केही गर्न सकिन भनेर प्रतिष्पर्धा गर्दा उदासीनता भएर डिप्रेसनको शिकार हुने पनि यदाकदा सुन्नमा आउंछ ।
तेसैले नेपालमा बसेर सोचेको अनि सम्झेको जस्तो सजिलो छैन् विदेश । बाआमाको बुई चडेर घुर्की लगाई लगाई बाइक र स्कुटीमा घुमे जस्तो सजिलो पनि छैन् विदेश । जिन्दगीलाई नजिकबाट अनि स्वावलम्बी बन्न एकचोटी आउनै पर्ने रहेछ विदेश ।
लेखक एनआरएनए यूके युवा संयोजक हुन् ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग