एकै पटक चार सन्तानको जन्म

गुल्मी (तम्घास), ३० पुस । गुल्मी जिल्लामा एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छिन् ।

यसरी चारजना चुम्ल्याहा सन्तान जन्माउनेमा गुल्मी जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवर रहेकी छिन् ।

उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी रहेका छन् । जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको बताइएको छ ।

जन्मेका चारैजना बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको लुम्बिनी मेडिकल कलेजका डा विनिता थापाले जानकारी दिनुभयो । उक्त चारैजना बच्चालाई डा थापा, डा श्रीयसी अर्याल, डा दीपक श्रेष्ठलगायतको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन् ।

तम्घासस्थित रेसुङ्गा अस्पतालबाट रिफर भएपछि गत दुई महिनादेखि कुवँर प्रसूतिका लागि पाल्पामै अस्पतालमा बसिरहेकी थिइन् । कुवँरले गत दुई वर्षअघि पनि जुम्ल्याहा सन्तान जन्माएकी थिईन तर ती दुवै सन्तानको जन्मनासाथ मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री