
वीरगन्ज, ३० पुस । रक्सौल नाकामा लामो समयदेखि रोकिएका ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइने भएको छ ।
भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकामा जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सहर रक्सौलमै थन्किएका थिए । रक्सौल बजारदेखि करिब पाँच किलोमिटर टाढाको खुल्ला क्षेत्रमा अलपत्र अवस्थामा रहेका २५५ वटा ग्यास बुलेटलाई रि–रुट गरी सुनौली र जोगवनी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको ग्यास बोटलिङ गर्ने उद्योगका सञ्चालकको भनाइ छ ।
सीमा अवरोध हुनासाथ रोकिएका ती बुलेट भन्सार जाँचपास भएर रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेका कारण अर्को नाकाबाट नेपाल भित्र्याउन सकिएको थिएन । अहिले कागजात दाखिला फुकुवा भएपछि नयाँ रुट तोकी अन्य नाकाबाट भित्र्याउन बाटो खुलेको हो ।
रक्सौलमा भन्सार तिरेको कागज अन्य भारतीय भन्सार कार्यालयलाई देखाएर बुलेट नेपाल ल्याउने प्रयास सुरु भएको छ । भारतीय भन्सार अधिकारीले एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट बुलेट लैजान दिन तयार भएकाले रक्सौलमा रोकिएका ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याउन लागिएको नेपाल आलय निगम क्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ ।
पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन सुरु भइसकेको र केहि दिनभित्रमै ती ग्यास बुलेट पनि नेपाल भित्र्ने छन् । यस्तै कागजात दाखिला नगरेका बुलेटलाई इन्डियन आयल कर्पोरेसनले अर्को नाकाबाट पठाउने तयारी गरेको छ । बाँकी बुलेटको हकमा रि–रुट हुने जानकारी आएको मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले बताउनुभयो ।
भन्सार दाखिला र रुट निर्धारणले झन्डै ३०० बुलेट सीमावर्ती भारतीय क्षेत्रमा नै महिनौँसम्म थन्किएपछि नेपालका लागि ग्यास बोकेर आउने बुलेट आधाभन्दा कममा सीमित भएको थियो । इन्डियन आयल कर्पोरेसनको बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ । भारतको पश्चिम बङ्गालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुरावाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा रि–रुटका लागि फिर्ता गरिएको रक्सौलस्थित भारतीय भन्सारका अधिकारीको भनाइ छ । रक्सौलमा थन्किएका करिब २५५ बुलेटमध्ये आधा बरौनी र बाँकी हल्दिया र मथुराबाट आएका हुन् ।
वीरगन्जस्थित निगमका क्षेत्रीय प्रमुख अभिषेख ठाकुरका अनुसार ग्यास बुलेटको रि–रुट गराउन पश्चिम बङ्गालको हल्दियास्थित इन्डियन आलय कर्पोरेसनको रिफाइनरीमा पुगेको छ । एक बुलेटले एक हजार २५० सिलिण्डर ग्यास भर्ने गर्छ । त्यसअनुरुप सीमावर्ती क्षेत्रमा रोकिएका सबै बुलेट ल्याएर आधा सिलिन्डर ग्यास मात्र उपलब्ध गराउने हो भने झन्डै पाँच लाख परिवारको चुल्होमा खाना पाक्ने निगमको अनुमान छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन