
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मेची अञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलाको उद्घाटन समारोह कार्यक्रमका अवसरमा अञ्चल समन्वय समितिले गरेको अभिनन्दन ग्रहण गर्नुहुदै उपप्रधानमन्त्री तथा परराष्ट्रपन्त्री थापा । तस्बिर ः यज्ञराज आङदेम्बे, झापा, रासस
दमक, २९ पुस । उपप्रधान मन्त्री कमल थापाले मधेसको जारी आन्दोलन चाँडै अन्त्य हुने बताउनुभएको छ ।
आज झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मेची अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्नुहुँदै पार्टी अध्यक्षसमेत रहनुभएका थापाले मधेसको सङ्कट समाधान गर्न राजनीतिक रुपमा दलहरु लागेकाले मधेसीवादीलाई आन्दोलन छाड्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,– “दलहरु सहमति नजिक पुगेका छन् । अब आन्दोलन लम्ब्याइरहनु आवश्यक छैन ।” वीरगञ्ज–रक्सौलबाहेकका अन्य सबै नाका सुचारु भएकाले अब केही दिनभित्रमै मुलुक पूर्ववत अवस्थामा फर्कने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले प्रधानमन्त्री केपी ओलीको भारत भम्रण अघि नै भारतले लगाएको नाकाबन्दी खुल्ने दाबी गर्नुभयो ।
सो भेलामा भूमिसुधार मन्त्री रामकुमार सुब्बाले संविधान निर्माणपछि मुलुकले फड्को मारेको बताउनु हुँदै अब मुलुक समृद्ध बनाउने अभियानमा जुट्न आवश्यक रहेको बताउनुभयो ।
पार्टीका मेची अञ्चल समन्वय समितिका संयोजक तथा सहमहामन्त्री राम थापाको अध्यक्षतामा भएको सो भेलामा पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्नुभएको थियो । उक्त भेलामा पार्टीका चारै जिल्लाका अध्यक्ष, पार्टीका जनवर्गीय सङ्गठनका अध्यक्ष गरी ४०० बढीको सहभागिता थियो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन