
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मेची अञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलाको उद्घाटन समारोह कार्यक्रमका अवसरमा अञ्चल समन्वय समितिले गरेको अभिनन्दन ग्रहण गर्नुहुदै उपप्रधानमन्त्री तथा परराष्ट्रपन्त्री थापा । तस्बिर ः यज्ञराज आङदेम्बे, झापा, रासस
दमक, २९ पुस । उपप्रधान मन्त्री कमल थापाले मधेसको जारी आन्दोलन चाँडै अन्त्य हुने बताउनुभएको छ ।
आज झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मेची अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्नुहुँदै पार्टी अध्यक्षसमेत रहनुभएका थापाले मधेसको सङ्कट समाधान गर्न राजनीतिक रुपमा दलहरु लागेकाले मधेसीवादीलाई आन्दोलन छाड्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,– “दलहरु सहमति नजिक पुगेका छन् । अब आन्दोलन लम्ब्याइरहनु आवश्यक छैन ।” वीरगञ्ज–रक्सौलबाहेकका अन्य सबै नाका सुचारु भएकाले अब केही दिनभित्रमै मुलुक पूर्ववत अवस्थामा फर्कने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले प्रधानमन्त्री केपी ओलीको भारत भम्रण अघि नै भारतले लगाएको नाकाबन्दी खुल्ने दाबी गर्नुभयो ।
सो भेलामा भूमिसुधार मन्त्री रामकुमार सुब्बाले संविधान निर्माणपछि मुलुकले फड्को मारेको बताउनु हुँदै अब मुलुक समृद्ध बनाउने अभियानमा जुट्न आवश्यक रहेको बताउनुभयो ।
पार्टीका मेची अञ्चल समन्वय समितिका संयोजक तथा सहमहामन्त्री राम थापाको अध्यक्षतामा भएको सो भेलामा पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्नुभएको थियो । उक्त भेलामा पार्टीका चारै जिल्लाका अध्यक्ष, पार्टीका जनवर्गीय सङ्गठनका अध्यक्ष गरी ४०० बढीको सहभागिता थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?