
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा सोमबार गरेको निर्णयप्रति सम्बन्धित तीन जिल्लाका सभापतिले असन्तुष्टि व्यक्त गरेका छन् ।
कैलाली, रौतहट र सोलुखुम्बु जिल्ला सभापतिले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जिल्लाका नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा पदाधिकारी बैठकले गरेको निर्णयको विरोध गरेका हुन् ।
कैलाली काँगे्रसका सभापति नरनारायण शाहले प्रक्रिया पुरयाई वैधानिक रुपमा भरिएका चार हजार नयाँ क्रियाशील सदस्यतालाई १३ औँ महाधिवेशनमा मतदानको अधिकारबाट वञ्चित गर्ने निर्णय गलत मनसायले गरिएको बताउनुभयो । सोमबार बसेको काँगे्रसको पदाधिकारी बैठकले कैलाली, सोलुखुम्बु र रौतहटको क्षेत्र नं ४ का नयाँ सबै क्रियाशील सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकले गरेको सो निर्णयसँगै त्यस्ता सदस्यता हाललाई मतदान गर्ने अधिकारबाट बन्चित भएका छन् ।
रौतहट कांग्रेसका सभापति कृष्ण यादवले नयाँ सदस्यतालाई स्थगन गरी पदाधिकारी बैठकले नयाँ क्रियाशील सदस्यताको अपमान गरेको आरोप लगाउनुभयो । सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले पदाधिकारी बैठकले एकलौटी ढङ्गले विधि र विधानलाई मिचेर आफूखुसी क्रियाशील सदस्यता वितरण गर्ने र बदर गर्ने निर्णय गरेको भन्दै यस अघिको अनशन जारी रहने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला सभापतिहरुले पार्टीले जिल्लैपिच्छे फरकफरक मापदण्ड बनाई व्यवहार गरेको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर