
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा सोमबार गरेको निर्णयप्रति सम्बन्धित तीन जिल्लाका सभापतिले असन्तुष्टि व्यक्त गरेका छन् ।
कैलाली, रौतहट र सोलुखुम्बु जिल्ला सभापतिले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जिल्लाका नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा पदाधिकारी बैठकले गरेको निर्णयको विरोध गरेका हुन् ।
कैलाली काँगे्रसका सभापति नरनारायण शाहले प्रक्रिया पुरयाई वैधानिक रुपमा भरिएका चार हजार नयाँ क्रियाशील सदस्यतालाई १३ औँ महाधिवेशनमा मतदानको अधिकारबाट वञ्चित गर्ने निर्णय गलत मनसायले गरिएको बताउनुभयो । सोमबार बसेको काँगे्रसको पदाधिकारी बैठकले कैलाली, सोलुखुम्बु र रौतहटको क्षेत्र नं ४ का नयाँ सबै क्रियाशील सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकले गरेको सो निर्णयसँगै त्यस्ता सदस्यता हाललाई मतदान गर्ने अधिकारबाट बन्चित भएका छन् ।
रौतहट कांग्रेसका सभापति कृष्ण यादवले नयाँ सदस्यतालाई स्थगन गरी पदाधिकारी बैठकले नयाँ क्रियाशील सदस्यताको अपमान गरेको आरोप लगाउनुभयो । सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले पदाधिकारी बैठकले एकलौटी ढङ्गले विधि र विधानलाई मिचेर आफूखुसी क्रियाशील सदस्यता वितरण गर्ने र बदर गर्ने निर्णय गरेको भन्दै यस अघिको अनशन जारी रहने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला सभापतिहरुले पार्टीले जिल्लैपिच्छे फरकफरक मापदण्ड बनाई व्यवहार गरेको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार