पथरी (मोरङ), २८ पुस । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर दाहसंस्कार गर्न लगाएको थियो ।
परिवारले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरेको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आइपुगेका छन् । सुस्तःमनस्थितिका भूपाल यसअघि भारत पुगेको बुझिएको छ ।
पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि २० गतेको बीचमा गायव भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । उनको ट्र्याक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भन्ने विषय थप अनुसन्धान गर्ने विषय बन्दै गएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।
मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी छाएको छ । तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरेपछि छोरालाई घरमा राख्न अप्ठ्यारो परेको परिवारले जनाएका छन् ।
भूपाल भेटिएको थाहा पाउनेबित्तिकै गाउँका मानिसले घरमा राख्न नहुने भन्दै दबाब दिन थालेको भूपालकी आमा मनमाया अधिकारीले बताउनुभयो । मनमायाले भन्नुभयो – “कसले के भन्छन् सुन्दैनौँ, मेरो छोरा म घरमै लगेर राख्छु ।” भूपाललाई अहिले इलाका प्रहरी कार्यालय पथरी ल्याएर राखिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो