पथरी (मोरङ), २८ पुस । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर दाहसंस्कार गर्न लगाएको थियो ।
परिवारले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरेको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आइपुगेका छन् । सुस्तःमनस्थितिका भूपाल यसअघि भारत पुगेको बुझिएको छ ।
पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि २० गतेको बीचमा गायव भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । उनको ट्र्याक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भन्ने विषय थप अनुसन्धान गर्ने विषय बन्दै गएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।
मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी छाएको छ । तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरेपछि छोरालाई घरमा राख्न अप्ठ्यारो परेको परिवारले जनाएका छन् ।
भूपाल भेटिएको थाहा पाउनेबित्तिकै गाउँका मानिसले घरमा राख्न नहुने भन्दै दबाब दिन थालेको भूपालकी आमा मनमाया अधिकारीले बताउनुभयो । मनमायाले भन्नुभयो – “कसले के भन्छन् सुन्दैनौँ, मेरो छोरा म घरमै लगेर राख्छु ।” भूपाललाई अहिले इलाका प्रहरी कार्यालय पथरी ल्याएर राखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी