गोरखा २६ पुस । हिमपातले अस्तब्यस्त बनाएको गोरखाको लाप्राक, बारपाक, गुम्दालगायत क्षेत्रको स्थलगत अवलोकन गरी हिमपात पीडितलाई राहत वितरण गर्न सरकारले पठाएको अध्ययन तथा अनुगमन टोली लाप्राक पुगेर फर्केको छ ।
हेलिकप्टरमा लाप्राक आएको चार सदस्यीय सरकारी टोली गुप्सीपाखा नगई लाप्राककै रिन्जिलुङ भन्ने ठाउँ पुगेर फर्केको हो ।
नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्रालयका सहसचिव रामेश्वर दङ्गाल, उपसचिव बाबुराम भण्डारी, सेनाका एक कर्नेल र एक चिकित्सक लाप्राक पुगेर फर्केको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो । “हिमपातपीडितको अवस्थाबारे उक्त टोलीले आवश्यक जानकारी लियो”– प्रजिअ तिमल्सेनाले भन्नुभयो– “कुहिरो लागेपछि बारपाक जान नसकेर टोली काठमाडौँ फर्कियो ।”
सरकारी टोलीसँग लाप्राकवासीले स्थायी घरको संरचना निर्माणको काम तत्कालै सुरु गर्न आग्रह गरेका थिए । लाप्राकको पुरानो बस्ती पहिरो र भूकम्पले गर्दा असुरक्षित रहेको भन्दै लाप्राकीहरुले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी गुप्सीपाखा गाउँलेलाई दिन आग्रह गरेको बताइएको छ । भूकम्पपछि लाप्राकका ६१७ घरधुरीका स्थानीय गुप्सीपाखामा टहरो हालेर बस्दै आएका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन