गोरखा २६ पुस । हिमपातले अस्तब्यस्त बनाएको गोरखाको लाप्राक, बारपाक, गुम्दालगायत क्षेत्रको स्थलगत अवलोकन गरी हिमपात पीडितलाई राहत वितरण गर्न सरकारले पठाएको अध्ययन तथा अनुगमन टोली लाप्राक पुगेर फर्केको छ ।
हेलिकप्टरमा लाप्राक आएको चार सदस्यीय सरकारी टोली गुप्सीपाखा नगई लाप्राककै रिन्जिलुङ भन्ने ठाउँ पुगेर फर्केको हो ।
नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्रालयका सहसचिव रामेश्वर दङ्गाल, उपसचिव बाबुराम भण्डारी, सेनाका एक कर्नेल र एक चिकित्सक लाप्राक पुगेर फर्केको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो । “हिमपातपीडितको अवस्थाबारे उक्त टोलीले आवश्यक जानकारी लियो”– प्रजिअ तिमल्सेनाले भन्नुभयो– “कुहिरो लागेपछि बारपाक जान नसकेर टोली काठमाडौँ फर्कियो ।”
सरकारी टोलीसँग लाप्राकवासीले स्थायी घरको संरचना निर्माणको काम तत्कालै सुरु गर्न आग्रह गरेका थिए । लाप्राकको पुरानो बस्ती पहिरो र भूकम्पले गर्दा असुरक्षित रहेको भन्दै लाप्राकीहरुले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी गुप्सीपाखा गाउँलेलाई दिन आग्रह गरेको बताइएको छ । भूकम्पपछि लाप्राकका ६१७ घरधुरीका स्थानीय गुप्सीपाखामा टहरो हालेर बस्दै आएका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह