बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १०:३५ | UK Time: 05:50

तपाईं पनि एनआरएनए यूकेको सल्लाहकारमा पर्नुभयो कि ? आज हुंदैछ सम्मान

वीनेपाली
२०७२ पुष २६ गते ११:२७
एनआरएनए यूके पदाधिकारीहरु ।

एनआरएनए यूके पदाधिकारीहरु ।

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले आज आफ्ना १७५ भन्दा बढि सल्लाहकारहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।

निर्वाचित पदाधिकारीभन्दा १५ औं गुणा बढि सल्लाहकारहरुलाई सम्मान गर्न अल्डरसटस्थित इम्पायर ब्यांक्यूटिङ हल, किङ्स सेन्टरमा मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म कार्यक्रम तय गरिएको छ ।

इतिहासमै कुनै संघसंस्थामा सल्लाहकारहरु यति धेरै राख्ने एनआरएनए यूके सम्भवतः पहिलो हो । बेलायती समुदायमा सबैभन्दा  लामो भाषण, आसन र सम्मान गर्ने संस्था पनि यही भएको कतिपयको बुझाइ छ ।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले संघको महत्वकांक्षी हाउजिङ प्रोजेक्टमा सहयोग हुने आसाले त्यति जम्बो सल्लाहकार टिम बनाइएको प्रष्ट्याए । ‘हामी शुरुमा त जम्मा ५ जना मात्र राख्ने वाला थियौं । पछि हाउजिङ प्रोजेक्टमा सहयोग पुग्छ भनेर जसले जहांबाट ल्याए पनि नाइ भनेनौं’, उनले वीनेपालीसंग भने ।

आजको कार्यक्रममा उक्त हाउजिङ प्रोजेक्टबारे विस्तृत जानकारी दिंदै आर्थिक सहयोगका लागि समुदायलाई आग्रह गरिने अध्यक्ष गुरुङले जनाएका 
छन् । सल्लाहकार बनाइएकाले प्रोजेक्टका लागि कति दिने हुन् सबैले चासो दिएर हेरिरहेका छन् ।

समुदायका पाका नेपालीहरुले भने टोलबाट खोजी खोजी सल्लाहकारहरु राखिंदा संस्था र पदीय गरिमा नै धुमिल भएको टिप्पणी गरेका छन् । उनीहरु भन्छन्, कहिं नभएको जात्रा एनआरएनए यूकेमा देखिएको छ ।

त्यसो त एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ आफैंमा मिलनसार, समाजप्रति उत्तरदायी र खटेर काम गर्ने व्यक्ति हुन् । तर, आसेपासेको सुझाव अनि सबैलाई समावेशी गर्नुपर्ने दवावले संघ मिसनमा चल्न नसकिरहेको केहीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक