काठमाडौँ, २३ पुस । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।
हाल नेपालमा रहनुभएका राजदूत उपाध्यायले लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण नेपाली जनताले दुःख पाएपछि त्यसलाई समयमै समाधान गर्न नसक्दा उहाँले आफ्नो नयाँ दिल्ली बसाइँ कष्टप्रद रहेको अनुभव भएको बताउनुभयो ।
नेपाल र भारतबीच ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत उपाध्यायले भन्नुभयो– “दुवै मुलुकबीचको सम्बन्धमा देखिएको असहज अवस्थाले कसैलाई पनि फाइदा हुँदैन भन्ने बोध भारतलाई भएको छ ।” नेपालमा भारतका बारेमा नकारात्मक टिप्पणी बढेकामा नयाँ दिल्ली चिन्तित रहेको अवगत गराउँदै उहाँले भारतले नेपाललाई आफ्नो नजिकको छिमेकी मित्र र परिवारको एक सदस्य मानेको बताउनुभयो ।
नेपालका राजनीतिक दलले तराईको समस्या समाधानका लागि अहिले देखाएको लचकता र सक्रियता समयमै गरेको भए जनताले दुःख पाउने थिएनन् भन्दै राजदूत उपाध्यायले अहिले समस्या समाधानका लागि सत्तापक्ष र आन्दोलनरत पक्षबीच सबैले जित्ने अवस्था छ भन्नुभयो ।
तराई–मधेसमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख दलले साझा अवधारणा सार्वजनिक गरेपछि त्यसको भारतले स्वागत गरेको बताउँदै राजदूत उपाध्यायले मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था बिस्तारै सहज हुँदै गएको जानकारी गराउनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने