काठमाडौँ, २३ पुस । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।
हाल नेपालमा रहनुभएका राजदूत उपाध्यायले लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण नेपाली जनताले दुःख पाएपछि त्यसलाई समयमै समाधान गर्न नसक्दा उहाँले आफ्नो नयाँ दिल्ली बसाइँ कष्टप्रद रहेको अनुभव भएको बताउनुभयो ।
नेपाल र भारतबीच ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत उपाध्यायले भन्नुभयो– “दुवै मुलुकबीचको सम्बन्धमा देखिएको असहज अवस्थाले कसैलाई पनि फाइदा हुँदैन भन्ने बोध भारतलाई भएको छ ।” नेपालमा भारतका बारेमा नकारात्मक टिप्पणी बढेकामा नयाँ दिल्ली चिन्तित रहेको अवगत गराउँदै उहाँले भारतले नेपाललाई आफ्नो नजिकको छिमेकी मित्र र परिवारको एक सदस्य मानेको बताउनुभयो ।
नेपालका राजनीतिक दलले तराईको समस्या समाधानका लागि अहिले देखाएको लचकता र सक्रियता समयमै गरेको भए जनताले दुःख पाउने थिएनन् भन्दै राजदूत उपाध्यायले अहिले समस्या समाधानका लागि सत्तापक्ष र आन्दोलनरत पक्षबीच सबैले जित्ने अवस्था छ भन्नुभयो ।
तराई–मधेसमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख दलले साझा अवधारणा सार्वजनिक गरेपछि त्यसको भारतले स्वागत गरेको बताउँदै राजदूत उपाध्यायले मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था बिस्तारै सहज हुँदै गएको जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन