काठमाडौँ, २३ पुस । संविधान संशोधन विधेयकमा २५ संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सांसदले समूहगत तथा व्यक्तिगत रुपमा पनि प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार निर्धारित समयभित्र समूहगत तथा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता भएका हुन् । उहाँका अनुसार काँग्रेसका नेता विमलेन्द्र निधि, डा मीनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले फरक फरक संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
एमाओवादीका रामनारायण बिंडारीलगायत १० जनाले पनि संयुक्त एवम् फरक फरक रुपमा प्रस्ताव दर्ता गराएको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मीना पुन, नेपाली जनता दलका हरिचरण साह, खम्बूवान राष्ट्रिय मोर्चाका रामकुमार राईलगायतले पनि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । संसद् सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्न आज अपराह्न २ बजेसम्मको समयसीमा तोकिएको थियो । प्रस्ताव दर्तामा सांसदको चासो बढेपछि सचिवालयले थप तीन घन्टा समय बढाएको थियो ।
दर्ता भएका संशोधन प्रस्तावलाई सभामुखले आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाउनुहुनेछ । संविधान र नियम विपरीत दर्ता गराएका प्रस्ताव भने स्वतः अस्वीकृत हुनेछन् । सरकारी विधेयकका रुपमा सदनमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई कसरी र कहिले कुन विधिका आधारमा अगाडि बढाउने भन्ने निर्णय सरकारले तय गर्नेछ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन