काठमाडौँ, २३ पुस । संविधान संशोधन विधेयकमा २५ संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सांसदले समूहगत तथा व्यक्तिगत रुपमा पनि प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार निर्धारित समयभित्र समूहगत तथा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता भएका हुन् । उहाँका अनुसार काँग्रेसका नेता विमलेन्द्र निधि, डा मीनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले फरक फरक संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
एमाओवादीका रामनारायण बिंडारीलगायत १० जनाले पनि संयुक्त एवम् फरक फरक रुपमा प्रस्ताव दर्ता गराएको सहायक प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मीना पुन, नेपाली जनता दलका हरिचरण साह, खम्बूवान राष्ट्रिय मोर्चाका रामकुमार राईलगायतले पनि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । संसद् सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्न आज अपराह्न २ बजेसम्मको समयसीमा तोकिएको थियो । प्रस्ताव दर्तामा सांसदको चासो बढेपछि सचिवालयले थप तीन घन्टा समय बढाएको थियो ।
दर्ता भएका संशोधन प्रस्तावलाई सभामुखले आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाउनुहुनेछ । संविधान र नियम विपरीत दर्ता गराएका प्रस्ताव भने स्वतः अस्वीकृत हुनेछन् । सरकारी विधेयकका रुपमा सदनमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई कसरी र कहिले कुन विधिका आधारमा अगाडि बढाउने भन्ने निर्णय सरकारले तय गर्नेछ ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट