काठमाडौँ, २३ पुस । सरकार र थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिबीच आज बेलुका भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।
वार्तामा पहिचानका आधारमा थारुवान प्रदेश हुनुपर्ने र टीकापुर घटनामा गिरफ्तारी भएकाहरुको मुद्दा फिर्ता लिनुपर्नेबारेमा समितिले माग गरेको थारु राष्ट्रियमुक्ति मोर्चाका नेता दुर्गाबहादुर थारुले बताउनुभयो ।
समितिले थारुको राष्ट्रिय पर्व माघी अगाडि नै आन्दोलनका क्रममा गिरफ्तार भएका र मुद्दा लगाइएका थारुवान नेता कार्यकर्तालाई रिहाइ गर्न गरेको मागप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुँदै त्यस सम्बन्धमा कानुन हेरेर निर्णय लिइने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
समितिका नेताहरुले टीकापुर घटनापछि थारुका घर र पसलमा भएको आगजनीको क्षतिपूर्तिका लागि समेत सरकारसँग माग गर्नुभयो । समितिले तराईमा थारु बाहुल्य जिल्लाहरु नटुक्रिने गरी प्रदेशको सीमाङ्कन हुनुपर्ने माग गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथै गृहमन्त्री शक्तिबहादुर बस्नेत तथा समितिका तर्फबाट संयोजक धनीराम चौधरी तथा अन्य नेता र नेत्री तेजुलाल चौधरी, रुक्मिणी चौधरी लगायत सहभागी हुनुहुन्थ्यो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ