काठमाडौँ, २३ पुस । सरकार र थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिबीच आज बेलुका भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।
वार्तामा पहिचानका आधारमा थारुवान प्रदेश हुनुपर्ने र टीकापुर घटनामा गिरफ्तारी भएकाहरुको मुद्दा फिर्ता लिनुपर्नेबारेमा समितिले माग गरेको थारु राष्ट्रियमुक्ति मोर्चाका नेता दुर्गाबहादुर थारुले बताउनुभयो ।
समितिले थारुको राष्ट्रिय पर्व माघी अगाडि नै आन्दोलनका क्रममा गिरफ्तार भएका र मुद्दा लगाइएका थारुवान नेता कार्यकर्तालाई रिहाइ गर्न गरेको मागप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुँदै त्यस सम्बन्धमा कानुन हेरेर निर्णय लिइने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
समितिका नेताहरुले टीकापुर घटनापछि थारुका घर र पसलमा भएको आगजनीको क्षतिपूर्तिका लागि समेत सरकारसँग माग गर्नुभयो । समितिले तराईमा थारु बाहुल्य जिल्लाहरु नटुक्रिने गरी प्रदेशको सीमाङ्कन हुनुपर्ने माग गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथै गृहमन्त्री शक्तिबहादुर बस्नेत तथा समितिका तर्फबाट संयोजक धनीराम चौधरी तथा अन्य नेता र नेत्री तेजुलाल चौधरी, रुक्मिणी चौधरी लगायत सहभागी हुनुहुन्थ्यो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो