काठमाडौँ, १९ पुस । सत्तारुढ नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि अहिले छलफल जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्षनेताको बैठक चलिरहेकै बेला केहीबेरअघि मोर्चाका नेता पनि बैठकमा सहभागी भएका हुन् ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे छलफल गर्न चारपक्षीय शीर्षस्थ नेताको बैठक जारी रहेको छ ।
यसअघि तीन दलका शीर्ष नेताबीचको बैठकमा मोर्चासँगको वार्तालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा साझा धारणा बनाउन छलफल केन्द्रित थियो ।
तीनवटै दलका नेताले आजको वार्तालाई निर्णायक बनाउने यसअघि नै उद्घोष गरिसकेका छन् । त्यसअनुरुप उनीहरु गम्भीर छलफलमा जुटेका छन् ।
स्रोतका अनुसार आजको बैठकमा मोर्चा पनि केही लचकताका साथ प्रस्तुत हुने अनुमान गरिएको छ । मोर्चाको एक घटक सद्भावना पार्टी भने बैठकमा सहभागी भएको छैन ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री भीमबहादुर रावल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, काँग्रेसका तर्फबाट पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता डा मीनेन्द्र रिजाल र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी हुनुहुन्छ ।
त्यस्तै मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठी, सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवको सहभागिता छ ।
अघिल्ला विभिन्न चरणमा छलफल भए पनि लामो समयदेखि सरकार, प्रतिपक्षी दल र मोर्चाबीच वार्ता हुन सकेको थिएन ।
व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावका आधारमा मोर्चालाई सहमतिमा ल्याउने कसरतस्वरुप केही दिन संसद्समेत स्थगित गरिएको थियो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन