
काठमाडौँ, १८ पुस । सरकारले भूकम्प प्रभावित २१ जिल्लाका तीन लाख दुई हजार २६६ परिवारलाई न्यानो कपडा किन्नका लागि रु तीन अर्बभन्दा बढी रकम वितरण गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरिदका लागि यही पुस १७ गतेसम्म प्रतिपरिवार रु १० हजारका दरले रु तीन अर्ब दुई करोड २६ लाख ६० हजार वितरण गरिसकेको जनाएको हो ।
यसअघि सरकारले भूकम्पपीडितलाई जाडोमा न्यानो लुगाका लागि प्रतिपरिवार १० हजार दिने निर्णय गरेको थियो । मन्त्रालयले हालसम्म वितरण गरेको रकमको जिल्लागत वितरण पठाउँदै हाल वितरण कार्य जारी रहेको पनि जनाएको छ ।
उक्त विवरणअनुसार सोलुखुम्बुमा सात करोड, ओखलढुङ्गामा १० करोड, सिन्धुलीमा १८ करोड, सिन्धुलीमा १८ करोड, रामेछापमा ४८ करोड, दोलखामा ६५ करोड, सिन्धुपाल्चोकमा ७५ करोड, काभ्रेपलाञ्चोकमा ५० करोड, ललितपुरमा २७ करोड, भक्तपुरमा २० करोड र काठमाडौँमा ४५ करोड रुपैयाँ निकासा गरिएको छ ।
त्यसैगरी नुवाकोटमा ७२ करोड, रसुवामा आठ करोड, धादिङमा ८० करोड, मकवानपुरमा ६० करोड, चितवनमा ५० करोड, गोरखामा ४० करोड, लमजुङमा आठ करोड, तनहुँमा चार करोड, स्याङ्जामा चार करोड, पर्वतमा तीन करोड, गुल्मीमा दुई करोड, पाल्पामा एक करोड १२ लाख र बाग्लुङमा एक करोड रुपैयाँ निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ