
काठमाडौँ, १८ पुस । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो – “सीमाङ्कनको मुद्दा तत्काल टुङ्गाएर जाँदा नै राम्रो हुन्छ, झगडा र आगोको बीउले सानो भए पनि पछि विकराल रुप लिने भएकाले अहिले नै टुङ्ग्याउनु राम्रो हुन्छ, त्यसले दिगो शान्ति कायम गर्न सकिन्छ ।”
उहाँले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।
सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा पश्चिमको थारु बाहुल्य क्षेत्र, मध्य क्षेत्रको मगर बाहुल्य पहाडी क्षेत्र र पूर्वको मधेसी थारु बाहुल्य क्षेत्रमा बढी बहस र विवाद रहेकाले त्यस विषयमा राजनीतिक सहमति खोज्नुपर्नेमा डा भट्टराईको जोड थियो । “आर्थिक विकास र समृद्धिका लागि दिगो शान्ति र स्थायित्व चाहिन्छ, त्यसका लागि मुलुकका खस, आर्य, जनजातिबीचमा समझदारी गरेर अधिकार बाँडफाँट गरी अगाडि बढ्नुपर्छ ” उहाँले भन्नुभयो ।
आगामी केही महिनाभित्र वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति आउने जानकारी दिँदै उहाँले सकभर छिटो, राम्रो र दिगो तथा सदाचारयुक्त र भ्रष्टाचाररहित पार्टी घोषणा गरिने बताउनुभयो ।
नेपालले आफूलाई चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित एवम् गतिशील पुलका रुपमा विकास गर्नुपर्ने बताउँदै डा भट्टराईले त्यसका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयो ।
डा भट्टराईले अब १० देखि १५ वर्षका अवधिमा विश्वका मध्यमस्तरको देशमा नेपाललाई पुरयाउन आफूहरु लागेको बताउनुभयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव