
काठमाडौँ, १८ पुस । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो – “सीमाङ्कनको मुद्दा तत्काल टुङ्गाएर जाँदा नै राम्रो हुन्छ, झगडा र आगोको बीउले सानो भए पनि पछि विकराल रुप लिने भएकाले अहिले नै टुङ्ग्याउनु राम्रो हुन्छ, त्यसले दिगो शान्ति कायम गर्न सकिन्छ ।”
उहाँले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।
सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा पश्चिमको थारु बाहुल्य क्षेत्र, मध्य क्षेत्रको मगर बाहुल्य पहाडी क्षेत्र र पूर्वको मधेसी थारु बाहुल्य क्षेत्रमा बढी बहस र विवाद रहेकाले त्यस विषयमा राजनीतिक सहमति खोज्नुपर्नेमा डा भट्टराईको जोड थियो । “आर्थिक विकास र समृद्धिका लागि दिगो शान्ति र स्थायित्व चाहिन्छ, त्यसका लागि मुलुकका खस, आर्य, जनजातिबीचमा समझदारी गरेर अधिकार बाँडफाँट गरी अगाडि बढ्नुपर्छ ” उहाँले भन्नुभयो ।
आगामी केही महिनाभित्र वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति आउने जानकारी दिँदै उहाँले सकभर छिटो, राम्रो र दिगो तथा सदाचारयुक्त र भ्रष्टाचाररहित पार्टी घोषणा गरिने बताउनुभयो ।
नेपालले आफूलाई चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित एवम् गतिशील पुलका रुपमा विकास गर्नुपर्ने बताउँदै डा भट्टराईले त्यसका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयो ।
डा भट्टराईले अब १० देखि १५ वर्षका अवधिमा विश्वका मध्यमस्तरको देशमा नेपाललाई पुरयाउन आफूहरु लागेको बताउनुभयो ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा