
काठमाडौँ, १७ पुस । मन्त्रिपरिषद्को आजको बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने रु १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
सरकारले घोषणा गरेको सो रकम वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला सरकारले आज गृह र स्थानीय विकास मन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा निर्देशन दिएको हो ।
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले गत साताको आफनो चीन भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको पत्रकारलाई बताउनु भयो । संविधान जारीपछि चीनमा सो स्तरको पहिलो भ्रमणबाट व्यापार तथा पारबहन, दीर्घकालीन इन्धन, पूर्वाधार विकास तथा कनेक्टिभिटी र तातोपानी र केरुङ नाका सञ्चालन गर्न समझदारी भएको सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री राईले उल्लेख गर्नु भयो ।
बैठकले लगानी बोर्डको प्रस्तावमा चीनको ‘द गोर्खाज युके’ कम्पनीको परियोजना प्रस्तावअनुसार ऊर्जा उत्पादनको समझादरी स्वीकृत गरेको छ भने बोर्डलाई हावाबाट बिजुली उत्पादन निकाल्ने परियोजना प्रस्ताव तयार गर्न निर्देशन पनि दिएको छ ।
बैठकले बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।
यसैगरी दैवी तथा विषक्त हतियारसम्बन्धी महासन्धीको अनुमोदनका लागि व्यवस्थापिका– संसद्मा पेस गर्ने, चीनका लागि नेपाली राजदूत डा महेश मास्केको कार्यवधि चार महिना थप्ने निर्णय गरेको छ ।
विदेशी सम्बन्धनका शिक्षण संस्थालाई व्यवस्थित गरिने
बैठकले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थालाई स्पष्ट र प्रभावकारी बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ भने भारतीय केन्द्रीय शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाका सम्बन्धमा स्पष्ट पार्न मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाइएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
साथै राजपत्र अनङ्कित (प्रशासन) तर्फका कर्मचारीको सरुवाका लागि क्षेत्रमा क्षेत्रीय प्रशासक र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी पनि दिइएको छ । बैठकले केही सहसचिवको पनि सरुवा गरेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च