
काठमाडौँ, १७ पुस । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राईलगायत २८ प्रहरीले ३० वर्षीय सेवा अवधिसम्बन्धी प्रहरी नियमावलीको प्रावधानविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेको छ ।
सर्वोच्च अदालत, संवैधानिक इजलासमा रहनुभएका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गिरीशचन्द्र लाल, सुशीला कार्की, वैधनाथ उपाध्याय र गोपाल पराजुलीको इजलासले पहिले काम गरेकामे अवधि जोड्ने गरी बनाइएको प्रहरी नियमावली हाल कार्यान्वयन नगर्न गरिएको मागलाई अस्वीकार गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक राईसहित २८ जनाले दायर गरिएको रिट निवदेनमा आफूहरु प्रहरी सहायक निरीक्षकमा कार्यरत गरेको अवधि पनि जोड्न खोजी सेवाबाट चाँडै अवकाश दिन लागेकाले आफूहरुलाई असमान व्यवहार गरिएको उल्लेख गरिएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरी सहायक निरीक्षकमा कार्यरत रहँदा रहँदै खुला प्रतियोगिताबाट प्रहरी निरीक्षकमा नाम निकाल्नुभएको थियो ।
सबैले आफूहरुले प्रसनि लगायत पदमा काम गरेको अवधि जोड्न नहुने माग गर्दै निवेदन दायर गर्नुभएको थियो । प्रसनिदेखि सेवा प्रवेश गरेको अवधि जोड्दा उहाँहरुको ३० वर्षे सेवा अवधि केही महिनाभित्रै पूरा सकिँदैछ प्रहरी नियमावलीमा प्रहरीले सेवा गरेको अवधि ३० वर्ष पुगेपछि स्वतः अवकाश लिनुपर्ने व्यवस्था छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा