काठमाडौँ, १७ पुस । पूर्व सभासद् विनोद पहाडीको नेतृत्वमा गठित एक अध्ययन टोलीले भूकम्प प्रभावित विभिन्न जिल्लाको अध्ययन गरेको छ ।
समता फाउन्डेसन र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले संयुक्तरूपमा आयोजना गरेको सो अध्ययन टोलीले दोलखा, सिन्धुपाल्चोक, गोरखा र तनहुँ जिल्लाका भूकम्प प्रभावित दलित र सीमान्तकृत सुमदायको आवस्थाबारे अध्ययन तथा अनुगमन गरेको हो ।
टोलीले त्यहाँका स्थानीय भूकम्पपीडित, नागरिक समाज, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग समेत छलफल गरेको संयोजक पहाडीले जानकारी दिए ।
टोलीमा सहसंयोजक डा बुद्धि नेपाली र सदस्यहरू सभासद् कमला विश्वकर्मा, दलित अधिकारकर्मीद्वय गौरा नेपाली र गोपालवादी राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सुनार र अनुसन्धानकर्ता तेजमान तामाङ छन् ।
अनुगमनका क्रममा भूकम्पपछि पुनःनिर्माण कार्यले प्राथमिकता नपाउँदा टहरामै बस्न बाध्य खास गरी आर्थिक रूपमा विपन्न दलित र उत्पीडित समुदाय चिसोका कारण बिरामी पर्दै गएको पाइएको सभासद् तथा टोली सदस्य कमला विश्वकर्माले राससलाई जानकारी दिए ।
“भूकम्प प्रभावित जिल्लाका दलित र उत्पीडित समुदायमा आवास, खाद्यान्न, लत्ताकपडाको समस्या हुँदा बिरामी बढ्दै गएको पाइएको छ” – संयोजक पहाडीले भने । टोलीले भूकम्प प्रभावित अन्य जिल्लाको समेत अनुगमन गर्ने उनको भनाइ छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा