
काठमाडौँ, १७ पुस । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ ।
राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् ।
‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ आज वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको हो ।
अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रुपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरुप कार्यक्रम आयोजना गरिएको आयोजक तेजेन्द्र श्रेष्ठले बताउनुभयो ।
कुनै औपचारिक तडकभडकका रुपमा नभई सामान्य तुल राखेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको छ । कार्यक्रममा उपस्थित सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए ।
पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताउनुभयो ।
केही व्यावसायिक फोटो पत्रकारहरुले वसन्तपुरमा जम्मा भएर हरेक अङ्गे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् । राष्ट्रिय पोसाकका साथमा टोपी लगाएर तस्बिर खिच्ने तथा साथीभाइ जम्मा भएर चियापान गर्ने गरिन्छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान