काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गरेका छन् ।
गुरुङ समुदायकोे नयाँ वर्ष तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताएका छन् ।
उनले मान्यजनको आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिने तथा राम्रो लाउने र मीठो खाने यो सांस्कृतिक पर्वको अवसरमा संविधानले प्रदान गरेका सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकारको हामी सबैले मिलेर व्यवहारमा कार्यान्वयन गर्न तमु ल्होछारले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि गुरुङ समुदायले नयाँ वर्षको अवसरमा मनाउने तमु ल्होसारको सुभकामना व्यक्त गरेका छन् ।
एक शुभकामना सन्देश दिँदै मन्त्री पोखरेलले यस पर्वले आपसी मेलमिलाप, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् सांस्कृतिक विविधताको सम्मान र सम्वद्र्धनमा सहयोग पुग्ने पनि उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]