काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गरेका छन् ।
गुरुङ समुदायकोे नयाँ वर्ष तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताएका छन् ।
उनले मान्यजनको आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिने तथा राम्रो लाउने र मीठो खाने यो सांस्कृतिक पर्वको अवसरमा संविधानले प्रदान गरेका सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकारको हामी सबैले मिलेर व्यवहारमा कार्यान्वयन गर्न तमु ल्होछारले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि गुरुङ समुदायले नयाँ वर्षको अवसरमा मनाउने तमु ल्होसारको सुभकामना व्यक्त गरेका छन् ।
एक शुभकामना सन्देश दिँदै मन्त्री पोखरेलले यस पर्वले आपसी मेलमिलाप, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् सांस्कृतिक विविधताको सम्मान र सम्वद्र्धनमा सहयोग पुग्ने पनि उल्लेख गरेका छन् ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक