काठमाडाँै, १४ पुस । चौबिसैँ घन्टा खोज्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले भौतिक पूर्वाधार नपुगेकाले तत्कालका लागि २४ घन्टा बजार खोल्नका स्वीकृति नदिएको जानकारी दिए ।
ठमेलमा सडक, सिसी टिभी क्यामेरा जडान र सोलारको जडानलगायतका भौतिक पूर्वाधार निर्माण कार्य पूर्ण भएपछि मात्र ठमेल २४ घन्टा खुला गर्न हुने बताइएको छ ।
उनका अनुसार नयाँ वर्ष २०१६ मा भने ठमेल बिहान ४ बजेसम्मका लागि खोलिने भएको छ । त्यसका लागि विशेष कार्यक्रमको पनि तयारी भइरहेको बताए ।
विशेष कार्यक्रमको उद्घाटन पर्यटन मन्त्रीबाट हुने र विभिन्न सांस्कृतिक कार्यक्रम र डिजे रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ । नयाँ वर्षको विशेष कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने छ । त्यस दिन १८ वर्षभन्दा कम उमेरका युवालाई प्रवेश निषेध गरिने आयोजकले जानकारी दिएको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा