काठमाडाँै, १४ पुस । चौबिसैँ घन्टा खोज्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले भौतिक पूर्वाधार नपुगेकाले तत्कालका लागि २४ घन्टा बजार खोल्नका स्वीकृति नदिएको जानकारी दिए ।
ठमेलमा सडक, सिसी टिभी क्यामेरा जडान र सोलारको जडानलगायतका भौतिक पूर्वाधार निर्माण कार्य पूर्ण भएपछि मात्र ठमेल २४ घन्टा खुला गर्न हुने बताइएको छ ।
उनका अनुसार नयाँ वर्ष २०१६ मा भने ठमेल बिहान ४ बजेसम्मका लागि खोलिने भएको छ । त्यसका लागि विशेष कार्यक्रमको पनि तयारी भइरहेको बताए ।
विशेष कार्यक्रमको उद्घाटन पर्यटन मन्त्रीबाट हुने र विभिन्न सांस्कृतिक कार्यक्रम र डिजे रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ । नयाँ वर्षको विशेष कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने छ । त्यस दिन १८ वर्षभन्दा कम उमेरका युवालाई प्रवेश निषेध गरिने आयोजकले जानकारी दिएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ