काठमाडौँ, १४ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप लगाउँदै सांसदको भूमिकाबारे बृहत् छलफलको खाँचो औँल्याएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले ३१ मन्त्रालय, छ उपप्रधानमन्त्रीसहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको महसुस गर्न पाएका छैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो – “महँगीको मारमा जनता छट्पटाइरहेका भए पनि सरकार मन्त्रालय, मन्त्री थप्नेतिर उद्दत भएको छ, नाकाबन्दी र भूकम्पबाट पीडितलाई राहत दिने मामिलामा संवेदनशील छैन, त्यसैले सांसदको भूमिकाबारे बृहत् छलफलको आवश्यकता देखिएको छ ।”
एकीकृत नेकपा(माओवादी)का श्यामकुमार श्रेष्ठले चिसोका कारण दोलखामा १३ भूकम्पपीडितको मृत्यु भएको बारेमा सदनको ध्यानाकर्षण गराउँदै पीडितलाई सरकारले राहत पुरयाउन नसकेकामा गुनासो गर्नुभयो । उहाँले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गर्न तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस् भन्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का आशा चतुर्वेदीले पानी, बिजुली, तेल र पानी नभएको नयाँ नेपालको कस्तो परिकल्पना गरिएको हो भनी प्रश्न गर्नुभयो ।
उहाँले तराई मधेसमा हुँदै आएको आन्दोलन र अघोषित नाकाबन्दीलाई खुलाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मज्दुर किसान पार्टीका डिल्लीराज काफ्लेले भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको बताउँदै सरकारले विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीलाई सुम्पेको आरोप लगाउनुभयो ।
नेकपा(संयुक्त)का जयदेव जोशीले सरकारले जनता र मुलुकप्रति जनाएको प्रतिबद्धता पूरा नगरेको, कालोबजारी बढेको, इन्धनको अभावमा दाउरासमेत दिन नसकेको तथा भूकम्पपीडितलाई नौ महिनासम्म राहत पुरयाउन नसकेको बताउनुभयो ।
नेपाल परिवार दलका मिलन राजवंशीले भूकम्प र नाकाबन्दीबाट अभाव र कठिनाइ भोगिरहेको जनताको समस्या सुल्झाउने र जवाफदेहिता प्रस्तुत गर्ने काम सरकारबाट भएको छैन भन्नुभयो ।
नेकपा (एमाले)का रञ्जनाकुमारी सरकारले सर्लाही जिल्लाको हरिपुर गाविसमा आज रामनरेश रायको हत्या भएकाले त्यसको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]