विराटनगर, १२ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको घेटघाटमा उनले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र आज बेलुकी हुने वार्ता परिणामुखी हुने सम्भावना रहेको जानकारी गराए ।
उनले संविधान संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्ने मोर्चाको माग रहेकाले संसद्मा सैद्धान्तिक रुपमा छलफल हुने र संशोधन प्रस्तावको तयारीसमेत गर्न सुझाव दिइएको बताए । अध्यक्ष दाहालले भने, “संविधान संशोधन विधेयक परिमार्जन गरिएमा र संयन्त्र निर्माण गरी तीन महिनाभित्र सीमाङ्कनको विषयमा मोर्चा सुनिश्चितता गर्न सकिए वार्ता सफल हुनेछ ।”
‘सरकार छाड्ने हल्ला गलत’
सरकार छाड्ने हल्ला गलत रहेको भन्दै उनले बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रसर रहेको स्पष्ट पारे । अध्यक्ष दाहालले नाकाबन्दी कसरी हटाउने र मधेसी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको स्पष्ट पारे ।
मन्त्रिमण्डल विस्तार र मन्त्रालय विभाजनको सम्बन्धमा उनले भने, “सरकारमा जाने बेलामा समझदारी भएको भए पनि अहिले नकारात्मक सन्देश गएको र एमाओवादीको तर्फबाट पनि राज्यमन्त्री थपिन सकिने सम्भावना छ ।”
प्रहरी र मधेसी मोर्चाको कार्यकर्ताबीच विराटनगरको रानी भन्सारनजिक शनिबार अपराह्न भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले झडपमा परी घाइते भएका मोर्चाका नेता राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]