विराटनगर, १२ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको घेटघाटमा उनले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र आज बेलुकी हुने वार्ता परिणामुखी हुने सम्भावना रहेको जानकारी गराए ।
उनले संविधान संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्ने मोर्चाको माग रहेकाले संसद्मा सैद्धान्तिक रुपमा छलफल हुने र संशोधन प्रस्तावको तयारीसमेत गर्न सुझाव दिइएको बताए । अध्यक्ष दाहालले भने, “संविधान संशोधन विधेयक परिमार्जन गरिएमा र संयन्त्र निर्माण गरी तीन महिनाभित्र सीमाङ्कनको विषयमा मोर्चा सुनिश्चितता गर्न सकिए वार्ता सफल हुनेछ ।”
‘सरकार छाड्ने हल्ला गलत’
सरकार छाड्ने हल्ला गलत रहेको भन्दै उनले बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रसर रहेको स्पष्ट पारे । अध्यक्ष दाहालले नाकाबन्दी कसरी हटाउने र मधेसी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको स्पष्ट पारे ।
मन्त्रिमण्डल विस्तार र मन्त्रालय विभाजनको सम्बन्धमा उनले भने, “सरकारमा जाने बेलामा समझदारी भएको भए पनि अहिले नकारात्मक सन्देश गएको र एमाओवादीको तर्फबाट पनि राज्यमन्त्री थपिन सकिने सम्भावना छ ।”
प्रहरी र मधेसी मोर्चाको कार्यकर्ताबीच विराटनगरको रानी भन्सारनजिक शनिबार अपराह्न भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले झडपमा परी घाइते भएका मोर्चाका नेता राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार