
काठमाडाँै, ११ पुस । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस वा बेल्जियमको ब्रसेल्समा दूतावासका लागि भवन खरिद गर्ने सरकारको योजना छ ।
लामो समयदेखि ती राष्ट्रमा आफ्नै भवन नहुँदा कूटनीतिक कार्यसम्पादन तथा सेवा प्रवाहमा कठिनाइ भएको थियो । साथै विदेशी मुद्रामा नेपाली कूटनीतिक नियोग सञ्चालन गर्दा राष्ट्रको व्ययभार पनि बढिरहेको थियो । नेपालको खरिद प्रक्रिया र सम्बन्धित मुलुकको किनबेचको पद्धतिमा सामाञ्जस्य कायम हुनुपर्ने भएकाले तोकिएको अवधिमा भवन खरिद गर्न परराष्ट्र र अन्य सहयोगी निकायले कठोर परिश्रम गर्नुपर्ने छ ।
कार्ययोजनाले निर्धारण गरेका काम तोकिएको समयभित्र पूरा गर्न परराष्ट्र मन्त्रालय, मातहतका महाशाखा, शाखा, विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन, अर्थ, गृह र अन्य सरोकार मन्त्रालयले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेछ । गत मङ्सिर २४ गतेको मन्त्रिपरिषद् बैठकले दुईवर्षे तत्काल सुधार कार्ययोजना पारित गरेको थियो ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा