लन्डन । नेपाली म्यूजिक भिडियो अब बुट्यान, पार्क वा नदी किनारतिर सिमित रहेनन् । नयां प्रविधि भित्रिएसंगै नेपाली गीतका म्यूजिक भिडियोले नयां स्वाद दिइरहेका छन् । सायद यस्तै भिडियो निर्माणले होला, अचेलका गीत सुन्दा होइन, हेर्दा मज्जा आउंछ ।
क्रिसमस इभका दिन लन्डनमा खिचिएको एउटा गीतको म्यूजिक भिडियोमा त्यस्तै पृथक शैली अपनाएका छन् नेपाली युवाले ।
नवराज घलेले व्यवसायिक गायकको चिनारी बनाउन त अझै बांकी छ तर उनले आफ्नो पहिलो एल्बममा रहेको गीत आज आइ भन्छेऊ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ…को म्यूजिक भिडियो अलिक भिन्न बनाउन चाहेपछि सम्पर्क गरे कुशल श्रेष्ठलाई । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने बेलायतका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीले साथ दिएपछि भिडियोले नयां रुप धारण गरिहाल्यो ।
र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहां टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउं रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने रहेछ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो । भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ ।
चार मिनेटको गीतमा पृथक भिडियो बनाउन नेपालीले खर्च गरेको यो नै पहिलो भनिएको छ ।
निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । अहिले चर्चा भइरहेको गायिका अन्जु पन्तको जुनी जुनी…गीतबाट श्रेष्ठले नै सारालाई प्रवेश गराएका थिए । तस्विरहरुः के के मूभिज प्रोडक्शन
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा