काठमाडौँ, १० पुस । सत्ता एवम् प्रतिपक्षी दलका नेताले मन्त्रालय टुक्रयाएर मन्त्रीको सङ्ख्या बढाइनु भूकम्पपीडितमाथिको असंवेदनशीलताको पराकाष्ठा भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भूकम्पपीडित जाडाले कठ्याङ्ग्रिएर मरेका बेला सरकार संविधान मिचेर मन्त्रीको सङ्ख्या बढाउन लागिपरेको आरोप लगाउनुभयो ।
“जनता अभाव र कालाबजारियाको चपेटामा परेका बेला सरकार असंवेदनशील रुपमा प्रस्तुत भएको छ, सरकार जनतालाई अप्ठ्यारो अवस्थामा चाहिने भए पनि सरकारले त्यसअनुसार भूमिका निर्वाह गर्न सकेन”–सांसद जोशीले भन्नुभयो ।
आइतबारको संसद् बैठकमा सरकारको असंवेदनशीलतका विषयमा आवाज उठाउने तयारीमा काँग्रेस लागेको जानकारी पनि उहाँले गराउनुभयो ।
नेकपा (एमाले) का नेता डा वंशीधर मिश्रले सांसद सङ्ख्याको १० प्रतिशत मात्र मन्त्री बनाए पनि ५० भन्दा बढी मन्त्री हुने भएकाले प्रधानमन्त्रीको विशेषाधिकारको विरोध गर्न नहुने बताउनुभयो । राजनीतिक स्थिरताका लागि केही बढी सङ्ख्यामा मन्त्री बनाइएको जिकिर गर्नुभयो । संविधानमा मधेस विरोधी विषय नभए पनि नबुझी आन्दोलन भइरहेकामा आश्चर्य व्यक्त गर्दै उहाँले संविधान धर्मशास्त्र वा ढुङ्गामा लेखिएको अक्षर होइन, नपुगेको विषय संशोधनबाट थप्न सकिन्छ भन्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का नेता गोपाल किराँतीले मन्त्रीको सङ्ख्या बढाएर प्रधानमन्त्रीले अभावग्रस्त जनताको चहराइरहेको घाउमा नुन हालेको आरोप लगाउनुभयो । यो सरकारले शान्ति सुरक्षा दिन सकेन, तराईको समस्या समाधान गर्न पनि सकेन, प्रधानमन्त्री गैरजिम्मेवार भाषण गर्दै हिँड्नुहुन्छ भन्नुभयो ।
विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले कम बजेट र महत्व दिएर सबैले हेला गरेको मन्त्रालयमा केही गर्ने सोच लिएर आफू मन्त्री बनेको बताउनुभयो ।
बिनाविभागीयमन्त्री एकनाथ ढकालले आवश्यकताको सिद्धान्तअनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार भएकाले विरोध छाडेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
“मधेस समस्याका विषयमा अनौपचारिक सहमति भइसकेको छ, त्यसलाई औपचारिकता दिन मात्र बाँकी छ, बाँकी समस्याबाट मुलुकले दुई हप्ताभित्र निकास पाउँछ, मन्त्रीको सङ्ख्या बढाउनुहुन्न भन्नेमा हाम्रो पनि सहमति छ, राष्ट्रिय सहमतिको सरकार बन्छ र काँग्रेसलगायतका दल सरकारमा आउँछन् भने म भोलि नै राजीनामा दिन तयार छु”– मन्त्री ढकालले भन्नुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल