सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: २२:२२ | UK Time: 17:37

नेपलिज हिन्दू फोरमले नेपालीका समस्या उठाउने

वीनेपाली
२०७२ पुष ९ गते १७:००

logotop
लन्डन । नेपलिज हिन्दू फोरम, यूकेले बेलायतस्थित नेपाली समुदायका समस्या सम्वन्धित निकायमा पुर्याउने भएको छ । फोरमले विशेषगरि युवा र विद्यार्थीका मुद्दा एवं शिक्षा र रोजगारीका क्षेत्रमा भइरहेका समस्या समाधानका लागि स्थानीय निकायसमक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गरेको हो ।

फोरमका महासचिव चिरन्जिवी पौडेलका अनुसार, बेलायतस्थित समस्त नेपाली संघसंस्थालाई समुदायले अहिले भोगेका मुख्य समस्या के हुन्, समस्या समाधानमा के कसरी पहल गर्दा उचित होला भन्नेबारे सल्लाह सुझाव दिन समेत आग्रह गरेको छ । केही सुझाव सल्लाह भए महासचिव पौडेललाई यो इमेल [email protected] मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक