काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हिजो बुधबार वर्षकै चिसो न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज बिहान ८ः४५ बजेको मापनअनुसार न्यूनतम शून्य डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको हो ।
जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ ।
उत्तर पश्चिमी हावा हिमालको काखबाट नेपाल प्रवेश गर्दा रातको समयमा आकास खुल्ला भएका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
केही दिनदेखि निरन्तर आकाश सफा भएकाले पनि दिनप्रतिदिन चिसो बढ्दै गएको र जनवरी पहिलो हप्तासम्म चिसो नघट्ने उनले उल्लेख गरे ।
सन् २०१३ मा यही मौसममा न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको थियो ।
अघिल्लोे वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’