काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हिजो बुधबार वर्षकै चिसो न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज बिहान ८ः४५ बजेको मापनअनुसार न्यूनतम शून्य डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको हो ।
जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ ।
उत्तर पश्चिमी हावा हिमालको काखबाट नेपाल प्रवेश गर्दा रातको समयमा आकास खुल्ला भएका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
केही दिनदेखि निरन्तर आकाश सफा भएकाले पनि दिनप्रतिदिन चिसो बढ्दै गएको र जनवरी पहिलो हप्तासम्म चिसो नघट्ने उनले उल्लेख गरे ।
सन् २०१३ मा यही मौसममा न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको थियो ।
अघिल्लोे वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन