लन्डन । हङकङ र यूकेका एनआरएनहरुको सहयोगमा पांचथरमा एक विद्यालय भवनको पुनर्निर्माण हुने भएको छ । एनआरएनए यूके प्रवक्ता खुशी लिम्बुले एनआरएन यूके लगायत आफू सम्वद्ध अन्य संघसंस्थाहरुको सहयोगमा भूकम्पले क्षतिग्रस्त एक स्कुल पुननिर्माणको अभियान शुरु गरेका हुन् । एनआरएन यूकेको च्यारिटी विभागका सचिव समेत रहेका खुशी लिम्बु उक्त विद्यालयका पूर्व विद्यार्थी हुन् ।
भूकम्पले क्षतिग्रस्त जिल्लाको उत्तरपूर्वी थर्पू गाविसमा अवस्थित श्री सिरिसे निम्न माध्यमिक विद्यालय पुनर्निर्माण गर्न लागिएको हो । उक्त भवन निर्माणको अनुमानित लागत २० लाख रुपैयां छ ।
ढुंगा र माटोबाट बनेको उक्त क्षतिग्रस्त भवन पुरै भत्काएर पक्की भवन निर्माण गरी माध्यमिक विद्यालय सञ्चालन गर्ने योजना छ । स्थापना भएको चार दशक बढि भइसक्दा पनि विद्यालय माध्यमिक तहमा जान नसक्दा त्यहांका विद्यार्थीहरु करिव डेढ घण्टा हिंडेर अर्को विद्यालय धाउन वाध्य छन् ।
विद्यालय पुनर्निर्माणमा रकम जुटाउन हङकङ र बेलायतमा दुई छुट्टा छुट्टै समिति बनाइएको छ भने नेपालमा यसअघि नै एक भवन निर्माण समिति बनिसकेको छ । उक्त भवन निर्माण समिति नेपालको संयोजकमा राजकुमार माबो, कोषाध्यक्षमा धन बहादुर तावा, सचिवमा प्रधानाध्यापक वुद्धीवल माबो र सदस्यहरुमा देवीप्रसाद कोइराला, भिमकला तावा, युवराज काम्वाङ, इश्वर कुमार सेङ र रि. लेफ्टिनेन्ट भिमबहादुर तावा छन् ।
त्यस्तै, हङकङ समितिको संयोजकमा मनुता काम्वाङ, उपसंयोजकमा डम्बर काम्वाङ, कोषाध्यक्षमा श्रीमती ध्रुव काम्वाङ, सदस्यमा कृष्ण लिङ्देन र सल्लाहकारमा मौसम इम्वुङ लिम्बु छन् भने यूके समितिको संयोजकमा श्रीमती लिला सेलिङ माबो, उपसंयोजकमा लिलाराज काम्वाङ र सचिवमा युवराज मावो छन् । उक्त विद्यालयका पूर्व शिक्षकद्धय देउमान तावा र खगेन्द्र तावा क्रमशः कोषाध्यक्ष र सदस्य छन् भने उक्त विद्यालयका सञ्चालक समितिका पूर्व अध्यक्ष रणबहादुर तावा सहकोषाध्यक्ष छन् ।
माथि उल्लेखित तीनवटै समितिलाई खुशी लिम्बु आफैंले संयोजन गर्नेछन् भने भवन निर्माण एवं माध्यमिक विद्यालय सञ्चालनको यस अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सल्लाहकारहरुको एक समिति पनि गठन गरिएको छ । जसमा एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए हङकङ अध्यक्ष ललित आङबुहाङ, पांचथर समाज सेवाका अध्यक्ष नरबीर आङबो, पाँचथर हङकङ मञ्चका अध्यक्ष टिका माख्खिम, हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष विश्वजंग गुरुङ, किरांत याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष काजीमान यक्सो, रोयल ग्रीनीच नेप्लिज सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ र पांचथर थर्पू समाजका सल्लाहकार श्रीमती मुना जबेगु माबो छन् ।
यसैबीच, कोष संकलनका निम्ति हङकङ समितिले फेब्रुअरी १० मा च्यारिटी डिनर गर्दैछ । च्यारिटीका लागि आफू १७ जनवरीमा हङकङतर्फ जाने लिम्बुले जनाए । लिम्बुले आगामी मार्च २६ का दिन प्लमस्टिडको एसियन कम्युनिटी सेन्टरमा यूके समितिले आयोजना गर्ने वृहत च्यारिटी डिनरमा आफ्नो ध्यान केन्द्रित गर्ने योजना बनाएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित