काठमाडौँ, ७ पुस । नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ ।
विसं. २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी सेनाले खरिद गरेको हो ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा जङ्गीअड्डा परिसरमा आज एक विशेष समारोहबीच नेपाली सेनाले खरिद गरेको रोबोटको निर्माणकर्ता गणेश विक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
समारोहमा टिम लिडर सिंहले रोबोटको साँचो प्रधानसेनापति क्षत्रीलाई हस्तान्तरण गरेका थिए भने प्रधानसेनापतिले चेक हस्तान्तरण गरेका थिए ।
यस किसिमको बम डिस्पोजल रोबोट खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुका साथै सानातिना झाडी बुट्यान, सडक छेउछाऊ तथा घरको भँुइतल्लामा राखिएका बम सुरक्षित तवरले निष्क्रिय गर्न मद्दत पुग्ने सेनाले जनाएको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता