काठमाडौँ, ७ पुस । नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ ।
विसं. २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी सेनाले खरिद गरेको हो ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा जङ्गीअड्डा परिसरमा आज एक विशेष समारोहबीच नेपाली सेनाले खरिद गरेको रोबोटको निर्माणकर्ता गणेश विक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
समारोहमा टिम लिडर सिंहले रोबोटको साँचो प्रधानसेनापति क्षत्रीलाई हस्तान्तरण गरेका थिए भने प्रधानसेनापतिले चेक हस्तान्तरण गरेका थिए ।
यस किसिमको बम डिस्पोजल रोबोट खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुका साथै सानातिना झाडी बुट्यान, सडक छेउछाऊ तथा घरको भँुइतल्लामा राखिएका बम सुरक्षित तवरले निष्क्रिय गर्न मद्दत पुग्ने सेनाले जनाएको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा