युएइ । रोजगारी गर्न विदेसिएका नेपाली संगीतको विकासका लागि धेरै प्रयासहरु भइरहेका छन् । काम र दामको खोजीमा देशबाट टाढा भए पनि राम्रा गीतसंगीत तथा रचनाका कारण नेपाली सांगीतिक क्षेत्रलाई प्रवासी नेपालीहरुले योगदान पुर्याइरहेका छन् । लोकगीतको क्षेत्रमा त असंख्य नेपाली कलापारखीहरुले एल्बम निकाल्नेदेखि म्युजिक भिडियो बनाउने काम गरिरहेका छन् । पपगीत, आधुनिक र डिजे साथै र्यापको आदि क्षेत्रमा पनि नेपाली संगीत पारखीहरु दिनानुदिन उत्कृष्ट सिर्जनाका साथ देखापरिरहेका छन् ।
पछिल्लो समयमा उत्कृष्ट म्युजिक भिडियो पनि विदेशबाट बन्न थालेका छन् । अधिकांश म्युजिक भिडियो त सिकारुहरुले पनि सार्वजनिक गरिरहेका छन् तर पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियो डाइरेक्टरहरु यूएई आएर काम गर्न थालेका छन् ।
उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् ।
झापा पाँचगाछीका रुनु विगत सात वर्षदेखि यूएईमा छन् । गीतसंगीतमा गहिरो रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि पहिलो एल्बम ट्रायल लिएर नेपाली सांगीतिक क्षेत्रमा आउँदै छन् । उक्त एल्बममा आधुनिक, पप र लोकपप गरी सात वटा गीत रहने उनले बताए ।
त्यही एल्बमको एक गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका रनु ट्रायलको पहिलो रेस्पोन्सले नयाँ उत्साह थपिएको बताउँछन् ।
आउ मेरो…बोलको उक्त गीतको रचना सुन्दर लावतीले गरेका हुन् भने संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । सोही गीतको म्युजिक भिडियोमा नेपाली सिने जगत्का पछिल्लो प्रविधि कलरिस्ट टेकेन्द्र शाहले निकै मिहिनेतका साथ भिडियो सिँगार्ने काम गरेका छन् । प्रविन खालिङको एरेन्जमा बनेको अडियोको भिडियोलाई विजय सुब्बाले निर्देशनका साथ क्यामरा र सम्पादन समेत गरेका छन् । भिडियोमा गायक स्वयमलाई साथ दिएकी छिन् प्रश्ना लामाले । प्रश्नाको प्रस्तुति कुनै प्रोफेसनल मोडलभन्दा कम छैन । दुबईका रमणीय स्थानमा सुट गरिएको भिडियो हेर्नलायक बनेको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी