लन्डन । वित्तिय साक्षरतामा उत्कृष्ट काम गरेवापत एक नेपाली युवाले नेदरल्याण्डको चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेशनलले प्रदान गर्ने ‘युथ फाइनान्सियल एजुकेशन अवेरनेस अवार्ड’ प्राप्त गरेका छन् । दोलखा स्थायी निवासी २५ वर्षीया प्रकाश कोइरालाले फाइनलिष्टमा साउदी अरेविया र प्रागका प्रतिष्पर्धीलाई उछिनेर उक्त अवार्ड जितेका हुन् ।
ब्रिटिश संसदको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ मा बिहीबार आयोजित समारोहमा ब्यारोनेस होवार्थ अफ ब्रेकल्याण्ड भेलेरी होवार्थले उक्त अवार्ड प्रदान गरेकी थिइन् ।
विश्वभरबाट परेका हजारौं आवेदनमध्येबाट आफू छानिएको कोइरालाले जनाए । निर्णायक मण्डलमा यूनिसेफ, विश्व बैंक पदाधिकारी र सांसदहरु संलग्न थिए ।
अर्थ फाउण्डेशनका सहसचिव कोइरालाले नेपालमा कलेज, क्लबका माध्यमबाट विद्यार्थीहरु र समुदायमा गएर मनी म्यानेजमेन्ट अर्थात वित्तिय साक्षरताबारे निशुल्क पढाउंदै आएका छन् । गोल्डेन गेटबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारी गरिरहेका उनले पैसा कसरी कमाउने, कसरी वचत गर्ने, इन्सुरेन्स आदिबारे जनचेतना जगाउने गरेको बताए ।
उनले यो वर्ष राष्ट्र बैंकले आयोजना गरेको ग्लोवल मनी वीकमा समेत संलग्न भएर प्रशंसा पत्र पाएका थिए । भविष्यमा भर्चुअल बैंकिङ लाइब्रेरी खोल्ने उद्देश्य छ उनको ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]