
बेरुत, १४ मङ्सिर । सिरियाली सरकारको सहयोगमा रसियाद्वारा आतङ्कवादविरुद्ध सिरियामा गरिएको हवाई कारबाहीमा गएको दुई महिनामा एक हजार पाँच सय मानिसको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ ।
उक्त संस्थाका अनुसार हवाई आक्रमणमा ४१९ जना आईएस लडाकूको मृत्यु भएको छ । यस्तै कारबाहीमा अलकायदाका सहयोगी सिरियाली समूह अल नुस्रा फ्रन्ट तथा अन्य विद्रोही समूहका गरी ५९८ जना मारिएका छन् ।
हवाई आक्रमणमा परी ४८५ जना सामान्य सिरियाली नागरिकको मृत्यु भएको पनि उक्त मानव अधिकारवादी संस्थाको तथ्याङ्क छ । कारबाहीमा ११७ बालबालिकाका साथै ४७ जना महिलाको पनि मृत्यु भएको जनाइएको छ ।
रसियाले सिरियाली राष्ट्रपति बसार अल असादलाई लामो समयदेखि सहयोग गर्दै आएको र सन् २०११ देखि बसारविरोधी समूहविरुद्धको कारबाहीमा राष्ट्रपति असादलाई सहयोग गर्दै आएको छ ।
रसियाले आईएस जिहादी विद्रोही तथा अन्य आतङ्कवादी समूहविरुद्ध भन्दै सिरियामा हवाई आक्रमण जारी राख्दै आएको छ ।
तर सिरियाली विपक्षी दलहरुले मर्ने मस्कोको कारबाही यहाँको नरमपन्थी दल तथा इस्लामिक विद्रोहीहरुविरुद्ध लक्षित गर्दै आएको बताएका छन् ।
सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार सन् २०११ पछि सिरियामा जारी युद्धका कारण २ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने