
बेरुत, १४ मङ्सिर । सिरियाली सरकारको सहयोगमा रसियाद्वारा आतङ्कवादविरुद्ध सिरियामा गरिएको हवाई कारबाहीमा गएको दुई महिनामा एक हजार पाँच सय मानिसको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ ।
उक्त संस्थाका अनुसार हवाई आक्रमणमा ४१९ जना आईएस लडाकूको मृत्यु भएको छ । यस्तै कारबाहीमा अलकायदाका सहयोगी सिरियाली समूह अल नुस्रा फ्रन्ट तथा अन्य विद्रोही समूहका गरी ५९८ जना मारिएका छन् ।
हवाई आक्रमणमा परी ४८५ जना सामान्य सिरियाली नागरिकको मृत्यु भएको पनि उक्त मानव अधिकारवादी संस्थाको तथ्याङ्क छ । कारबाहीमा ११७ बालबालिकाका साथै ४७ जना महिलाको पनि मृत्यु भएको जनाइएको छ ।
रसियाले सिरियाली राष्ट्रपति बसार अल असादलाई लामो समयदेखि सहयोग गर्दै आएको र सन् २०११ देखि बसारविरोधी समूहविरुद्धको कारबाहीमा राष्ट्रपति असादलाई सहयोग गर्दै आएको छ ।
रसियाले आईएस जिहादी विद्रोही तथा अन्य आतङ्कवादी समूहविरुद्ध भन्दै सिरियामा हवाई आक्रमण जारी राख्दै आएको छ ।
तर सिरियाली विपक्षी दलहरुले मर्ने मस्कोको कारबाही यहाँको नरमपन्थी दल तथा इस्लामिक विद्रोहीहरुविरुद्ध लक्षित गर्दै आएको बताएका छन् ।
सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार सन् २०११ पछि सिरियामा जारी युद्धका कारण २ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक