लन्डन । बेलायतमा नेपालीहरु व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको छ । रेष्टुरेन्ट, ग्रोसरीबाहेक सुनचांदी व्यवसाय पनि नेपालीको अर्को आकर्षण बन्दै गएको हो ।
नेपालीको घना वस्ती भएको अल्डरसटमा मात्र होइन, लन्डनमा समेत अहिले सुनचांदी पसल खुल्ने क्रम जारी छ । पछिल्लो पटक लन्डन साउथह्यारोस्थित एभरेष्ट सुपरमार्केटभित्र नेपाली सुनचांदी पसल सञ्चालनमा आएको छ । नेपालमा आधा दर्जन भन्दा बढि शाखा रहेको जयश्रीकृष्ण सुनचांदी पसल लन्डन साउथ ह्यारोमा पनि खुलेको हो । सञ्चालनमा आएको केही महिनाभित्रै यसले सुन पारखी नेपालीहरुको चाहना पुरा गर्न सफल भएको छ ।
सञ्चालक सरिता सुनारले आफ्नो पसलमा सुनचांदीका हरेक गरगहना आफैंले डिजाइन गरि विक्री गरिने जनाइन् । ‘हाम्रो उद्देश्य नेपालीहरुलाई उनीहरुको चाहना बमोजिम सुनचांदीका हरेक गरगहना उपलव्ध गराउनु छ’, सुनारले भनिन्, ‘हामी गुणस्तरिय सेवामा विश्वास गर्छौं र ग्राहकहरुको सन्तुष्टि नै हाम्रो सम्पत्ति हो ।’ उनले ग्राहकको चित्त बुझाएर मात्र गरगहनाको कारोवार गरिने प्रतिवद्धता पनि जनाइन् ।
सञ्चालक सुनारले केही समय यता सामाजिक सञ्जालमा आफ्नो पसलबारे गलत नियतवश नकारात्मक टिप्पणी भइरहेकोमा दुःखेसो पोखेकी छन् । फेसबुकमा एउटा अज्ञात आइडीबाट आफ्नो पसलमा खरिद गरिएको सुनको गुणस्तरप्रति नकारात्मक टिप्पणी गर्दै पसलमा नजान फैलाइएको भ्रमप्रति आपत्ति जनाउंदै सुनारले जयश्रीकृष्ण सुनचांदी पसलमा खरिद गरिएको गरगहनामा केही खरावी भए बील सहितसामान फिर्ता लिई दोब्बर क्षतिपूर्ति दिने समेत बताइन् । नेपाली व्यवसायलाई नेपालीले झन् सहयोग साथ दिनुपर्नेमा उल्टो निरुत्साहित गर्ने काम भएको गुनासो समेत उनको छ ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय