
काठमाडौँ, ११ मङ्सिर । नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ ।
राखेपमा आज आयोजित कार्यक्रममा उहाँलाई बिदाई गर्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टले नेपाली क्रिकेट विकास, सफलता र खेलाडी उत्पादनमा दासानायकेको योगदानको प्रशंसा गर्दै उहाँको योगदानको नेपाल सरकार, राखेप र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताउनुभयो ।
प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीमा भएको खेल भावनाले एक दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पु¥याउन सक्ने बताउनुभयो ।
सन् २०११ को सेप्टेम्बरदेखि नेपाली क्रिकेट टोलीको प्रशिक्षक भएर करिब चार वर्ष यहाँ बिताउनुभएका दासानायकेको नेपाली क्रिकेटको विकासमा विशेष योगदान छ ।
उहाँकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा पहिलोपटक टि–ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । साथै, नेपालले उहाँकै प्रशिक्षक डिभिजन –४ बाट उक्लेर डिभिजन –१ सम्मको यात्रा तय गर्न सफल भएको थियो ।
दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उहाँले केही समयअघि राजीनामा दिनुभएको थियो । उहाँ शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
थाइल्यान्डमा रुजेशलाई रजत
थाइल्यान्डको बैंककमा जारी सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले रजत पदक जितेका छन् ।
रुजेशले आज प्रतिस्पर्धा गरेको पुरुषतर्फको ५५ केजी तौल समूहमा रजत जितेका हुन् । नौ राष्ट्रका खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा भारतका खेलाडी पहिलो र चीनका तेस्रो भए ।
नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालका लागि यो नै अहिलैसम्मकै ठूलो उपलब्धि भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । यसअघि भारतमा भएको यसको दोस्रो संस्करणमा नेपालका श्याम श्रेष्ठले काँस्य पदक जितेका थिए ।
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ