
पेरिस, ११ मङ्सिर । यही नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा मारिएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न फ्रान्सको राजधानी पेरिसमा शुक्रबार शोकसभाको आयोजना गरिएको छ ।
उक्त सभामा फ्रान्सका नागरिकले स्वतस्फुर्त रुपमा सहभागिता जनाउने बताइएको छ । फ्रान्सेली नागरिकले यसअघि पनि सो आतङ्ककारी हमला गरिएको स्थानमा पुगेर श्रद्धान्जली अर्पण गरिरहेका छन् ।
शुक्रबार आयोजना गरिएको सो शोकसभाअघि पेरिसमा रयालीको पनि आयोजना गरिएको छ । सो रयालीको नेतृत्व फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले गर्नुहुने पनि जनाइएको छ ।
उक्त सभामा सो आतङ्ककारी हमलामा मारिएका व्यक्तिका आफन्तका साथै कतिपय घाइतेको पनि सहभागिता हुने जनाइएको छ ।
यस कार्यक्रममा सहभागिताका लागि सरकारले सबै नागरिकलाई आह्वान पनि गरेको छ । सबैले फ्रान्सको राष्ट्रिय झण्डा लिएर सभामा सहभागिता जनाउने अनुमान गरिएको छ ।
उक्त रयालीपछि आयोजना हुने सभालाई राष्ट्रपति अल्याण्डले सम्बोधन गर्नुहुने छ । सो सभाको प्रत्यक्षा प्रशारणको व्यवस्था मिलाइएको पनि फ्रान्सका टेलिभिजनहरुले जनाएका छन् ।
फ्रान्सको राजधानी पेरिसमा भएको सो हमलामा परी कम्तीमा पनि १२९ जनाको ज्यान गएको थियो । त्यसमा परी अरु तीन सय भन्दा बढी व्यक्ति घाइते भएका थिए ।
यो आक्रमणपछि फ्रान्सले आइएस विरुद्धको कारबाहीलाई तिब्र बनाएको छ । त्यस्तै फ्रान्सेली युद्धक विमानले सिरियाको राक्वा सहरमा व्यापक मात्रामा हवाई जारी राखेको छ ।
ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान नगरमा सोमबार रातिदेखि हवाई हमला गरिरहेका छन् ।
सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो । साथै फ्रान्सले आइएसका विरुद्धमा कारबाही गर्नका लागि विश्वव्यापी रुपमा अरु देशहरुसँग पनि सहयोग मागिरहेको छ ।
फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले सो आक्रमण थालेको हो ।
फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले सिरिया आतङ्ककारीको मूल थलोका रुपमा रहेको भनाई राख्नुभएको थियो ।
उहाँले आतङ्ककारीका विरुद्धको कारबाहीलाई जस्तोसुकै अवस्थामा पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह