
पेरिस, ११ मङ्सिर । यही नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा मारिएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न फ्रान्सको राजधानी पेरिसमा शुक्रबार शोकसभाको आयोजना गरिएको छ ।
उक्त सभामा फ्रान्सका नागरिकले स्वतस्फुर्त रुपमा सहभागिता जनाउने बताइएको छ । फ्रान्सेली नागरिकले यसअघि पनि सो आतङ्ककारी हमला गरिएको स्थानमा पुगेर श्रद्धान्जली अर्पण गरिरहेका छन् ।
शुक्रबार आयोजना गरिएको सो शोकसभाअघि पेरिसमा रयालीको पनि आयोजना गरिएको छ । सो रयालीको नेतृत्व फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले गर्नुहुने पनि जनाइएको छ ।
उक्त सभामा सो आतङ्ककारी हमलामा मारिएका व्यक्तिका आफन्तका साथै कतिपय घाइतेको पनि सहभागिता हुने जनाइएको छ ।
यस कार्यक्रममा सहभागिताका लागि सरकारले सबै नागरिकलाई आह्वान पनि गरेको छ । सबैले फ्रान्सको राष्ट्रिय झण्डा लिएर सभामा सहभागिता जनाउने अनुमान गरिएको छ ।
उक्त रयालीपछि आयोजना हुने सभालाई राष्ट्रपति अल्याण्डले सम्बोधन गर्नुहुने छ । सो सभाको प्रत्यक्षा प्रशारणको व्यवस्था मिलाइएको पनि फ्रान्सका टेलिभिजनहरुले जनाएका छन् ।
फ्रान्सको राजधानी पेरिसमा भएको सो हमलामा परी कम्तीमा पनि १२९ जनाको ज्यान गएको थियो । त्यसमा परी अरु तीन सय भन्दा बढी व्यक्ति घाइते भएका थिए ।
यो आक्रमणपछि फ्रान्सले आइएस विरुद्धको कारबाहीलाई तिब्र बनाएको छ । त्यस्तै फ्रान्सेली युद्धक विमानले सिरियाको राक्वा सहरमा व्यापक मात्रामा हवाई जारी राखेको छ ।
ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान नगरमा सोमबार रातिदेखि हवाई हमला गरिरहेका छन् ।
सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो । साथै फ्रान्सले आइएसका विरुद्धमा कारबाही गर्नका लागि विश्वव्यापी रुपमा अरु देशहरुसँग पनि सहयोग मागिरहेको छ ।
फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले सो आक्रमण थालेको हो ।
फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले सिरिया आतङ्ककारीको मूल थलोका रुपमा रहेको भनाई राख्नुभएको थियो ।
उहाँले आतङ्ककारीका विरुद्धको कारबाहीलाई जस्तोसुकै अवस्थामा पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ