न्होमपेन्ह ११ मङ्सिर । कम्बोडियामा जारी रहेको तीन दिने पानी महोत्सवका क्रममा भएका दुर्घटनाहरुमा परी कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको समाचार छ ।
कम्बोडियामा बर्सेनि मनाइने सो परम्परागत पानी महोत्सवका क्रममा ती २५ को ज्यान गएको हो । पानी महोत्सवको क्रममा मङ्गलबारदेखि बिहीबारसम्म ५५ वटा सडक दुर्घटना भएको जनाइको छ ।
कम्बोडियामा हरेक वर्ष नोभेम्बर २४ देखि २६ सम्म तीन दिन नोम्पेन्हको नदीहरुमा डुङ्गा चलाउने, ¥याफटिङ् गर्नेअगायतका विभिन्न पानीमा खेलिने प्रतिस्पर्धाहरु हुने गर्दछन् ।
गत वर्ष सोही उत्सवमा ३४ व्यक्तिको मृत्यु भएको थियो भने यस वर्ष २५ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
कम्बोडियाली राष्ट्रिय प्रहरीको वेभसाइटले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
सो दुर्घटनामा अन्य ७७ जना घाइते भएका बताइएको छ । गत वर्ष यस उत्सवको क्रममा ७२ वटा सडक दुर्घटना भएको पनि उक्त वेभसाइटमा जनाइएको छ ।