लण्डन । बेलायत छन्त्याल संघको आयोजनामा बेलायतबासी छन्त्यालहरुले यही शनिवारका दिन बेलायतको आस्फोर्ड शहरमा अवस्थित क्राइस्ट चर्च हलमा देउसी-भैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
संघका अध्यक्ष झकबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न साे कार्यक्रमको सञ्चालन संघका महासचिव मुकेन छन्त्यालले गरेका थिए । नेपाल छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाकार थम बहादुर छन्त्याल र संघका अध्यक्ष झक बहादुर छन्त्यालबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
छन्त्यालहरु बसोबास गर्ने मुख्य आ-आफ्नो शहरहरुमा भैलो कार्यक्रम सम्पन्न गर्ने संघले निर्णय गरेता पनि सबै छन्त्याल सदस्यहरुलाई संघले उपस्थितिको लागि निमन्त्रना गरेको थियो । उक्त कार्यक्रममा संघले निशुल्क यातायात तथा विभिन्न परिकारका खाना लगायत पेय पदार्थको ब्यवस्था गरेको थियो ।
कार्यक्रममा यलिना छन्त्याल,यन्जना छन्त्याल र सिमा छन्त्यालबाट तिहारै आयो लौ झिलिमिली भन्ने बोलको गितमा नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरन्जन दिन सफल भएका थिए साथै संघका संस्कृति सचिव नरसिंङ छन्त्याल र नेपाल छन्त्याल युवा संघको निवर्तमान अध्यक्ष थम छन्त्यालबाट परम्परागत शैलीमा भैलो भट्ट्याएर उपस्थित सम्पूर्णलाई मातृभूमिको यादमा रमाउने वातवरण सृजना गराउन सफल भएका थिए।
विभिन्न लोक दोहोरी भाकाका गीतहरु,पन्चेबाजा लगायत तिहारका गीतहरुमा सबैले नाचेर, हाँसेर अन्त गरिएको उक्त कार्यक्रममा उपस्थित सबैले संघलाई देउसी-भैलोको उपलक्ष्यमा आर्थिक सहयोग गरेका थिए।
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन