चाहे व्यवसायिक होस् या घरमा होस्, फुड हाइजिनबारे जानकारी राख्नु सबैलाई जरुरी हुन्छ । सामान्य ज्ञानले मात्रै पनि धेरै खाना बिषादी हुन बाट बचाउन सकिन्छ । फुड हाइजिन खालि नियम पालनाको लागि मात्रै गर्ने होइन, यसले ब्यबसाय बढाउन पनि मद्दत गर्छ ।
ब्याक्टेरिया मानिस, जनावर, खाना, माटो, पानी आदि जहांपनि पाउन सकिन्छ । धेरै ब्याक्टेरियाहरु हानिकारक हुंदैनन् । कोहि त फाइदा पनि गर्दछ । दुध या चीज बनाउंदा ब्याक्टेरियाको प्रयोग गरिन्छ । तर दुई किसिमको ब्याक्टेरियाले खाद्यमा प्रमुख असर गर्दछ । ति हुन् स्पोइलेज र प्याथेजेनिक जीवाणु ।
स्पोइलेज जीवाणुले प्रोटिनलाई तोड्छ, ढुसी आउने या गन्हाउने हुन्छ । यसबाट फुड प्वाइजन त्यति हुदैन ।
प्याथेजेनिक जीवाणु :
यी जीवाणुहरुले धेरै परिणाममा खानामा भए खाना बिषादि बनाउंछ र खानको रुप, स्वाद, या गन्ध परिबर्तन गर्दछ । यी जीवाणुहरु फस्टाउनको लागि पोषण, तापक्रम, समय, वसिलो वातावरणमा भर पर्दछ ।
त्यसैले ७ र ६३ डिग्री बिचको तापक्रमलाई ‘खतराको क्षेत्र’ भनिन्छ किनभने यी बिचको तापक्रममा प्याथेजेनिक जीवाणुले खानालाई संक्रमण गर्दछ । त्यसैले चिसो खाने खाना जस्तो सलाद, दहि, स्यान्डवीच आदि ७ डिग्री भन्दा मुनि र तातो खाने भए आफुले खाने खाना घटीमा ६३ डिग्री भन्दा माथिको हुनु पर्दछ । फ्रोजन खाना जस्तै आइसक्रिमको तापक्रम -१८ डिग्री या कम हुनुपर्छ ।
खाना पाक्नको लागि ८५ डिग्री तापक्रम या बढी तीस सेकेन्ड सम्म लगातार नाप्दा हुनुपर्दछ । खानालाई फ्रोजन गर्नु अघि चाडो चिस्याएर मात्र डी फ्रीजमा राख्नु पर्दछ । फ्रोजन खानाहरु एक पल्ट मात्र तताएर खानु पर्दछ ।
त्यसैले खाना स्वस्थ्यकर राख्नको लागि “बारी देखि थाली सम्म” को हाइजिनिक नियम सबैले मान्नु जरुरी हुन्छ । यसको अर्थ खाना उब्जिएको शुरुको बिन्दु देखि नखाउन्जेल सम्म गर्नुपर्ने हाइजिनको तरिका सबै अबस्थामा गर्नुपर्ने हुन्छ । राम्रो हाइजिन नियमलाई पालना नगरेमा खाना बिषादी हुने प्याथेजेनिक जीवाणुहरु फैलिदै जान्छ ।
प्याथेजेनिक ब्याक्टेरिया र भाइरस अनि परजिबी जसले धेरै खाना विषाक्त बनाइ मानिसहरु बिरामी पर्ने, अस्पताल जाने या जीवन नै जाने बनाउन सक्छ ।
मुख्यतया ती निम्न हुन् :
साल्मनेला (Salmonella) : साल्मनेला भनेको ब्याक्टेरियाको समूह हो जसले सक्रमण बढाउछ । साल्मनेलाको कारणले धेरै मानिसहरु बिरामी हुन्छन् । यसले मुख्य झाडापखाला लगाउंछ । यसले खासगरी गर्बवती महिला, बुढापाका, बच्चाहरु र कमजोर पाचनक्रिया भएकालाई धेरै आक्रमण या अस्पताल नै बस्नु पर्ने बनाउंदछ ।
साल्मनेला ब्याक्टेरिया मानिस तथा जनावरको आन्द्राभुडीमा अनि ढलमा बांच्छ । त्यसैले राम्रो हाइजिन र पकाउनेको तरिका नअपनाए यो सजिलैसँग फैलिन सक्छ ।
यो ब्याक्टेरियाका मुख्य श्रोतहरु नपाकेको अन्डा र कुखुराको मासु ,काचो दुध र दूधका परिकारहरु हुन् । यो ब्याक्टेरिया भएको मानिसले छुंदा पनि खानामा सर्दछ । जस्तो चर्पीमा गएर हात नधुनेले साल्मनेला सार्न सक्छ ।
यो ब्याक्टेरियाबाट बच्नको लागि अन्डा, कुखुरा, मासु राम्रो संग उचित तापक्रममा पकाउनु पर्दछ । फलफुल, साग, तरकारीहरू काट्नु र पकाउनु अघि राम्रो संग धुनु पर्दछ । त्यस्तैगरी काचो मासु, काचो दुध र अरु काचो खाद्यान्न अन्त मिसिन्छ को राम्रो होश गर्नु पर्दछ । भान्सा सफा राख्नुको साथै काट्ने चक्कुहरु र बोर्ड पनि अलग अलग गर्नुपर्दछ ।
बसिलियस सिरिउस (Bacillus Cereus): खानामा यो ब्याक्टेरियाले तापबाट पनि केहि नहुने एक्सोटक्सिन उत्पादन गर्दछ जसलेगर्दा पेट दुख्ने, झाडापखाला र वान्ता हुने गर्दछ । खाएको २४ घण्टा भित्र यसको लक्षण देखिन्छ । यसको मुख्य श्रोतहरु चामल, मकै, सोया तथा यसको परिकारहरु हुन् ।
राम्रोसँग उचित तापक्रममा पकाउनु, पकाएर फ्रिजमा राख्ने भए चाडै चिस्याउने, पुनः नतताउने, अरु संक्रमणबाट मिश्रित नगरेमा यसबाट बच्न सकिन्छ ।
क्लोस्ट्रीडियम बोटुलिनम ( Clostridium Botulinum): यो ब्याक्टेरिया खानामा परेमा तापबाट नास नहुने न्युरोटक्सिन उत्पादन गर्दछ । यसले स्नायु प्रणालीलाई आक्रमण गर्दछ । ५ देखि १० प्रतिशतमा जीबन जान सक्ने कारण पनि हुनसक्छ । यो पाइने माटो, मासु र माछा, क्यानमा राखिएको तरकारी आदि हुन् । यो खाएको १२ देखी ३६ घण्टामा यसको लक्षणहरु देखिन्छ । टाउको दुख्नु, धेरै थकाइ लाग्नु, झाडा वान्ता हुनु हुन्छ । स्नायु प्रणालीलाई आक्रमण भएपछी देखाई र बोलाइमा अस्पष्टता हुनसक्छ । आठ दिनपछि पनि एन्टी न्युरोटक्सिन नदिएमा ज्यानै पनि जान सक्छ ।
क्लोस्ट्रीडियम परफ्रिन्जिन्स ( Clostridium perfringens): यो किसिमको ब्याक्टेरिया हाम्रो बाताबरणमा धेरै पाइन्छ । यी ब्याक्टेरियाको संख्या उपयुक्त बाताबरणमा धेरै चाडै वृद्धि हुन्छ ।
यसको मुख्य श्रोतहरु मानिसको आन्द्राभुँडीमा र काचो मासुमा, मुला,आलु, गाजर जस्ता माटोमा गाडिएको तरकारीमा पाइन्छ । धेरै परिणाममा यी ब्याक्टेरिया खाएमा पेट दुख्नेलगायतका झाडापखाला हुने गर्दछ । “खतराको क्षेत्रमा” यो ब्याक्टेरिया चाडै नै फैलिन्छ ।
त्यसैले खानालाई राम्रो संग उपयुक्त तापक्रममा पकाएर खानु पर्दछ । फ्रिजमा या फ्रिजरमा राख्ने हो भने नब्बे मिनेट भित्र चिस्याएर राखिहाल्नु पर्दछ । याद गरौ की फ्रिज ५ डिग्री भन्दा कम र फ्रिजर -१८ डिग्री भन्दा मुनि हुनुपर्दछ ।
काम्पालोब्याक्टर (Campylobacter): झाडापखाला लाग्ने अर्को प्रमुख यो ब्याक्टेरिया हो । कम पाकेको कुकुराको तथा अन्य मासुहरू अनि यी मासुहरुले छोइएको अरु खाना, काचो दुध र यसका परिकारहरु, फोहर पानी आदि मुख्य श्रोत यो ब्याक्टेरियाको । फ्रोजन गरेर यो ब्याक्टेरियाको संख्या कम हुन्छ तर ब्याक्टेरिया मर्दैनन् । उपयुक्त तापक्रममा पकाएर मात्रै मर्दछ ।
त्यसैले राम्रो संग पकाउनु, अलग अलग चक्कु प्रयोग गर्नु, फलफुल र तरकारी राम्रो संग धुनु, व्यक्तिगत सफाइमा ध्यान दिनु महत्वपूर्ण कुरा हो ।
स्ट्यापोलोकोस्सस औरिउस (Staphylococcus aureus) : यो किसिमको ब्याक्टेरिया खासगरी मानिस र जनावरहरुको छाला, घाटी, नाकमा पाइन्छ । त्यसकारण खानामा नपरुन्जेल यसले नोक्सान गर्दैन । जब खानामा पारिन्छ, यो ब्याक्टेरियाको संख्यामा चाडै बृद्दी भइ हानिकारक टक्सिन उत्पादन गर्दछ । यसले पनि अरु ब्याक्टेरियाले जस्तै पेट दुख्ने, झाडा बान्ता हुने कारण बन्न सक्छ । यसबाट बन्ने टक्सिन ब्याक्टेरिया तातोले मर्दैनन्, त्यसैले पकाउदा पनि यी नास हुदैनन् ।
जुन खानाहरु हातले छोएर बनाइन्छ र पकाउन नपर्ने जस्तै सलाद, पाउरोटी, स्यान्डवीच, उसिनेर चिस्याइएको आलु, अन्डा आदि यस ब्याक्टेरियाका मुख्य जोखिमका श्रोतहरु हुन् ।
राम्रोसँग साबुनले हात धुनु, रुघाखोकी र आंखा पाकेको बेलामा, हात या नाडीको छालामा संक्रमण भएको बेलामा खाना नबनाउने को साथ साथै भान्छा सफा र खानाहरु ‘खतराको क्षेत्रमा’ नराख्ने गर्नु पर्दछ ।
ईसच्चेरिचीए कोली (E. coli O157:H7): यो किसिमको ब्याक्टेरियालाई ई. कोलाई पनि भनिन्छ । यद्यपी धेरै इकोलाई ब्याक्टेरियाले नोक्सान गर्दैन तर केहिले चाहि धेरै बिरामी बनाउन सक्छ । प्राय मिडियामा ई. कोलाईले खाना बिषाक्ति बनाएको बारे सुनिन्छ किनकि यो ब्याक्टेरियाको असर भयो भने धेरै बिरामी बनाउने या ज्यानै जाने पनि हुन सक्छ ।
यो ब्याक्टेरियाको मुख्य श्रोत काचो या कम पाकेको मासु, काचो दुध या यसको परिकारहरु आदि हुन् । हात धुनु, मासु राम्रो संग पकाउनु, काचो दुध नखाउनु, भान्छा सफा राख्नु आदिले ई. कोलाईबाट बच्न सकिन्छ । खेल्दा या पौडीमा पानी ननिल्नु अनि अर्को कदम हुन्छ ।
लिस्टेरिया मोनोसाइटोजेनिस (Listeria monocytogenes): यो ब्याक्टेरियाले वृद्ध, गर्बवती महिला, बच्चाहरु, कमजोर पाचनक्रिया भएकालाई बढी असर गर्दछ । लिस्टेरिया फ्रिजको तापक्रममा बढ्न सक्छ जहाँ अरु ब्याक्टेरिया बढ्न सक्दैन । यो किसिमको ब्याक्टेरिया तयारी खाना, काचो मासु, दुध र यसका परिकारहरु, सामुन्द्रिक खानामा पाइन्छ ।
खाना सहि तापक्रममा पकाउने, हात धुने, सहि रुपले खानाहरु राख्ने, सफा भान्छा, कांचो र पाकेको मासु अलग अलग राख्नु, फ्रिज सफा राख्नु जस्ता क्रियाकलापले यो ब्याक्टेरिया कम गर्न सकिन्छ ।
नोराभाइरस (Norovirus): नोराभाइरस अर्को धेरै खाना बिषाक्त बनाउने कारण हो । यसको लक्षणहरू अरु जस्तै पेट दुख्ने, झाडापखाला, वान्ता हुने हुन्छ । यो सजिलै संग मान्छे बाट मान्छेमा सर्दछ । धेरै मान्छेहरुको जमघटमा एउटा लाई नोराभाइरस छ भने अरुलाई चाडै सर्न सक्छ ।
ताजा खानाहरु, सामुन्द्रिक खाना, बरफ, फलफुल, तयारी खाना खास गरि सलाद र भान्छेसंग नोरा भाइरस छ भने खानामा सजिलै संग जान्छ ।
हात धुने, न्याप्किन र तन्ना फेर्ने, नोरा भाइरस भएकोलाई पकाउन नदिने, फलफुल सब्जी राम्रो संग धुने, भान्छा सफा राख्ने आदि गरेमा नोरा भाइरस बाट बच्न सकिन्छ ।
टोक्क्षोप्लाज्मा गोन्डी (Toxoplasma gondii) : टोक्क्षोप्लाज्मा परजिबी हो जसले टोक्क्षोप्लामोसिस भन्ने रोग ल्याउछ । यसको लक्ष्यणहरु रुखा जस्तो लाग्ने, जोर्नी दुख्ने, आखा दुख्ने या अस्पष्ट देख्ने, आखा रातो हुने आदि हुन सक्छ । यसले पनि वृद्ध, गर्भवती महिला, बच्चाहरु, कमजोर पाचनक्रिया भएकालाई बढी असर गर्दछ ।
काचो मासु खानाले, पशुको बिष्टामा, दुर्गन्धित पानीमा यो पाइन सकिन्छ । आमा गर्बवती हुदामा यो भएमा नवजात शिशुलाई पनि हुन सक्छ । सरसफाई र उचित तापक्रममा पकाउनु, जनावरको मललाई उचित ब्यबस्थापन गर्नु महत्वपूर्ण हो ।
खाना विषादीको प्राय लक्षणहरु केहि दिनमा ठिक हुन्छ, नभएमा डाक्टरको परामर्श लिनु पर्दछ ।
सफा र हाइजिनको नियम पालना गर्नु, खानालाई अलग र ढकन लगाएर राख्नु , उचित तापक्रममा पकाउनु र सहि तापक्रममा राख्नु यी चार तरिका अपनाए खाना बिषादी हुन बाट जोगिन सकिन्छ । खाना फ्रिजमा राख्न्दा अन्तिम तखतामा काचो मासु, त्यस पछि माथिल्लोमा फलफुल सब्जी, अनि सिरानकोमा पकाएको खाना स्टोर गर्ने गर्नु पर्छ ।
(लेखक फुड सेफ्टी अनुगमनकर्ता हुन् )
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती