लन्डन । बेलायतबाट एनआरएनए केन्द्र ताक्नेहरु यसपटक पनि जिल्लिएका छन् । एनआरएनए यूके पूर्व अध्यक्ष एवं सफल व्यवसायी कुल आचार्य युरोप क्षेत्रीय संयोजकमा निर्विरोध निर्वाचित भएर यूकेको इज्जत जोगाएपनि यहांबाट गएका अन्य तीन जना लक्ष्यबहादुर गुरुङ, सुरेन्द्र श्रेष्ठ र थर्क सेन पराजित भए ।
एनआरएनए उपाध्यक्षमा रहर गरेका लक्ष्यबहादुर गुरुङले नमिठो हार व्यहोर्नु परेको छ । २०११ मा एक कार्यकाल क्षेत्रीय उपसंयोजक भएका उनी यसपटक उपाध्यक्षमा भिडेका सफल व्यवसायीहरु कुमार पन्त र भवन भट्टका सामु निरिह भए ।
त्यस्तै, सचिवमा लडेका सुरेन्द्र श्रेष्ठलाई अर्जुनकुमार श्रेष्ठले पराजित गरिदिएका छन् । उता, एनआरएनए युरोप उपसंयोजकमा लडेका थर्क सेनले पनि हार चाखे । युरोप उपसंयोजकमा दावा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् ।
उनीहरुले बेलायतको नेपाली समुदायमा चिनिएपनि विश्वभरका एनआरएनमाझ त्यस्तो पकड बनाइसकेका थिएनन् । उनीहरुको पराजयले बेलायत एनआरएनभित्रै एकता छैन् भन्ने आशंकालाई पुष्टि गरिदिएको छ ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक