लन्डन । बेलायतबाट एनआरएनए केन्द्र ताक्नेहरु यसपटक पनि जिल्लिएका छन् । एनआरएनए यूके पूर्व अध्यक्ष एवं सफल व्यवसायी कुल आचार्य युरोप क्षेत्रीय संयोजकमा निर्विरोध निर्वाचित भएर यूकेको इज्जत जोगाएपनि यहांबाट गएका अन्य तीन जना लक्ष्यबहादुर गुरुङ, सुरेन्द्र श्रेष्ठ र थर्क सेन पराजित भए ।
एनआरएनए उपाध्यक्षमा रहर गरेका लक्ष्यबहादुर गुरुङले नमिठो हार व्यहोर्नु परेको छ । २०११ मा एक कार्यकाल क्षेत्रीय उपसंयोजक भएका उनी यसपटक उपाध्यक्षमा भिडेका सफल व्यवसायीहरु कुमार पन्त र भवन भट्टका सामु निरिह भए ।
त्यस्तै, सचिवमा लडेका सुरेन्द्र श्रेष्ठलाई अर्जुनकुमार श्रेष्ठले पराजित गरिदिएका छन् । उता, एनआरएनए युरोप उपसंयोजकमा लडेका थर्क सेनले पनि हार चाखे । युरोप उपसंयोजकमा दावा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् ।
उनीहरुले बेलायतको नेपाली समुदायमा चिनिएपनि विश्वभरका एनआरएनमाझ त्यस्तो पकड बनाइसकेका थिएनन् । उनीहरुको पराजयले बेलायत एनआरएनभित्रै एकता छैन् भन्ने आशंकालाई पुष्टि गरिदिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा