मंगलबार, माघ ६ २०७७ | Tue, January 19, 2021
नेपालको समय: १७:२० | UK Time: 11:35

तम्घास नजिक बस दुर्घटना ः पाँचको मृत्यु, पच्चीस घाइते

वीनेपाली
२०७२ असोज १८ गते १५:०४

2428517_orig

गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् ।

बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको उर्लेनीमा दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक