लन्डन । लन्डनका एकजना समाजसेवी एवं पुराना व्यवसायी महन्तबहादुर श्रेष्ठले आफ्नो उत्पादन खुकुरी बियरको प्रति बोटल विक्रीको दश पेन्स च्यारिटीलाई दिने भएका छन् । ब्रिटिश सेनामा गोर्खा भर्ती र बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा श्रेष्ठले खुकुरी बियरको लेबल नै परिवर्तन गरेर च्यारिटी गर्ने निधो गरेका हुन् ।
श्रेष्ठले हाल भइरहेको हरियो रंगको सट्टा गोल्ड कलर बनाएर बियरको बोटलमा गोर्खा इतिहास र उनीहरुको योगदान समेत उल्लेख गरेका छन् । श्रेष्ठकै शब्दमा बोटलको सबै लेवल परिवर्तन गर्न करिब ६५ हजार पाउण्ड (प्लस भ्याट) खर्च भएको छ । उनले सन् २०१६ भर विक्री भएकोबाट गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटी संस्थामार्फत सहयोग गर्ने उल्लेख गर्दै रकम मासिक तीन हजार पाउण्ड हुने अपेक्षा व्यक्त गरे । उक्त बियर मासिक अढाइ सय ब्यारेल उत्पादन हुने श्रेष्ठ बताउंछन् । ट्रष्टले हाल भूकम्प पीडित र नेपालमा रहेका गोर्खा भेट्रानहरुको स्वास्थ्य, आर्थिक लगायत क्षेत्रमा सहयोग गरिरहेको छ ।
‘हामी बेलायत बसे पनि देशका लागि केही गर्नुपर्छ भन्ने मेरो भावना छ’, श्रेष्ठले भने, ‘सानो सहयोग गर्न सके भावी पिंढीलाई पनि प्रेरणा मिल्न सक्छ ।’
सन् २००३ बाट बेलायतमै उत्पादन हुन थालेको खुकुरी बियर नेपाली दूतावास, लन्डन मेला देखि बेलायतको परराष्ट्र मन्त्रालय (एफसिओ) सम्म निशुल्क उपलव्ध हुन्छ । ब्रिटिश करी अवार्डस्मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र गत जुनमा ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष प्रवेशको अवसरमा चेल्सी हस्पिटलमा आयोजित विशेष समारोहमा प्रिन्स चाल्र्स, विलियम र ह्यारीले समेत खुकुरी वियर चाखेको श्रेष्ठले जनाए । रानीको जन्मोत्सवका बेला बेलायतबाटै खुकुरी बियर नेपालस्थित दूतावास पठाइएको श्रेष्ठले स्मरण गरे ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष, इलिङ च्याम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं एनआरएनए यूकेका संस्थापक अध्यक्ष श्रेष्ठले भूकम्प लगत्तै च्यारिटी गरि ८ हजार पाउण्ड (१२ लाख रुपैयां बढि) अक्सफाम च्यारिटीमार्फत पीडितलाई प्रदान गरेका थिए । उनी ट्रष्टी रहेको राम मन्दिरले पनि प्रधानमन्त्री राहत कोषमा बेग्लै सहयोग प्रदान गरेको थियो ।
बेल्जियमबाट मन्डे सेलेक्सन गोल्ड अवार्ड पाइसकेको खुकुरी बियर हाल बेलायत, अमेरिका, जापान, युरोप गरि १२ मुलुकमा वितरण भइरहेको जनाइएको छ ।
चार दशकदेखि बेलायतमै रहेका श्रेष्ठको इलिङमा सञ्चालित मन्टिज अत्यधिक चल्ने रेष्टुरेन्टमा पर्छ ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान