काठमाडौँ, १७ भदौ । गत भदौ ७ गते टीकापुर घटनामा निधन भएका प्रहरी अधिकारी तथा जवानका परिवारलाई नेपाल प्रहरीले जनही रु १० लाख दिने निर्णय भएको छ ।
उक्त घटनामा ज्यान गुमाएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हबल्दारद्वय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका परिवारलाई ‘नेपाल प्रहरी राहत कोष’बाट राहत प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
“राष्ट्र र नागरिक सुरक्षालाई उच्च प्राथमिकता दिई कर्तव्यपालनको सिलसिलामा वीर गति प्राप्त गरेका अमर प्रहरीहरुको सम्मान गर्दै राहत प्रदान गर्न लागिएको हो”, बिज्ञप्तिमा उल्लेख छ ।
साथै, निधन भएका प्रहरीका सन्ततिलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने, घाइते प्रहरीको निःशुल्क उपचार गरिने तथा आयआर्जनका लागि सहयोगी कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस