चितवन, १३ भदौ । थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आज नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा नौ जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । सो क्रममा आठ जना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताए।
बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ ।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताए ।
यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाए ।
बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ ।
प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३०० वटा गाडीलाई गन्तव्यतर्फ पठाइएको बताए । पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उनले बताए ।
बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् । थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने