काठमाडौँ, ३ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ संविधानमा आफ्ना मागहरू राख्दै जुम्ला, सुर्खेत, सप्तरी, कपिलवस्तु, धनुषा, रुपन्देही, सिरहा, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भइरहेको बन्दले जनजीवन कष्टकर बन्दै गएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी बन्दको क्रममा भएका विरोध प्रदर्शन, झडप र भागदौडमा सुर्खेत र सप्तरीमा भएको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्र्दै मृतकका परिवारजनप्रति उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
प्रदर्शनकै क्रममा घाइते भएर अस्पतालमा उपचार गराइरहेकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा बन्दका क्रममा सवारी साधन नचलेपछि नागरिकलाई आवतजावतमा कठिनाइ भएको, दैनिक रोजगारीलगायत शैक्षिक संस्था, कलकारखाना बन्द हुँदा नागरिकको जनजीवन थप कष्टकर बन्दै गएकाले बन्दको विकल्प खोजी वार्ता र संवादबाट माग पुरा गर्न आग्रह गरिएको छ ।
बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत प्रहरीले कुटपिट गरेकाले यस्तो कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । बन्दले नागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल तथा व्यापार, व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको बताइएको छ ।
शान्तिपूर्ण रुपमा भएका धर्ना, जुलुसमा प्रहरीले अनुचित बल प्रयोग नगर्न तथा आफ्ना विरोधका सम्पूर्ण कार्यक्रमलाई शान्तिपूर्ण र संवेदनशील बनाउन प्रदर्शनरत पक्षलाई आयोगले आग्रह गरेको छ ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा