जाजरकोट, १ भदौ । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा गरिएको छ ।
बन्दको अवज्ञा गर्दै बिहानैदेखि व्यापारीले आ–आफ्ना व्यापार व्यवसाय सञ्चालन गरेका छन् । बन्द खुलेसँगै सदरमुकाममा चहलपहल निकै बढेको छ ।
लगातारको बन्दले जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य बस्तुको अभाव भएपछि स्थानीयवासीले बन्द खुलाउन दबाब दिँदै आएका थिए । उपभोक्ताको आग्रहलाई आन्दोलनरत पक्षले वेवास्ता गरेपछि व्यापारी र स्थानीयवासीले बन्दको अवज्ञा गर्दै पसल, व्यापार, उद्योग तथा यातायात सञ्चालन गरेको स्थानिय रत्नराज हमालले बताए ।
यहाँका विद्यालय भने सोमबारदेखि नै सञ्चालन गर्न दिने आन्दोलनकारीले सहमति जनाएका थिए । सहमतिपछि विद्यालय खुलेपनि बजार तथा यातायातका साधन भने ठप्पै थिए ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक