जाजरकोट, १ भदौ । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा गरिएको छ ।
बन्दको अवज्ञा गर्दै बिहानैदेखि व्यापारीले आ–आफ्ना व्यापार व्यवसाय सञ्चालन गरेका छन् । बन्द खुलेसँगै सदरमुकाममा चहलपहल निकै बढेको छ ।
लगातारको बन्दले जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य बस्तुको अभाव भएपछि स्थानीयवासीले बन्द खुलाउन दबाब दिँदै आएका थिए । उपभोक्ताको आग्रहलाई आन्दोलनरत पक्षले वेवास्ता गरेपछि व्यापारी र स्थानीयवासीले बन्दको अवज्ञा गर्दै पसल, व्यापार, उद्योग तथा यातायात सञ्चालन गरेको स्थानिय रत्नराज हमालले बताए ।
यहाँका विद्यालय भने सोमबारदेखि नै सञ्चालन गर्न दिने आन्दोलनकारीले सहमति जनाएका थिए । सहमतिपछि विद्यालय खुलेपनि बजार तथा यातायातका साधन भने ठप्पै थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा