सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०२:२० | UK Time: 21:35

बन्दविरुद्ध रयाली

वीनेपाली
२०७२ साउन ३२ गते १०:०१
नेपाल बन्दका विरुद्व ‘विवेकशील नेपाली’ नामक संस्थाले माइतीघर मण्डलाबाट सुरु गरेको रयाली । तस्बिर ः मदन गौतम, रासस

नेपाल बन्दका विरुद्व ‘विवेकशील नेपाली’ नामक संस्थाले माइतीघर मण्डलाबाट सुरु गरेको रयाली । तस्बिर ः मदन गौतम, रासस

काठमाडौँ, ३२ साउन । नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले आज रयाली निकालेको छ ।  ‘नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको रयालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

‘बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’ भन्दै बन्दका समयमा बन्दविरुद्ध विरोध कार्यक्रम गर्दै आएको सो संस्थाका अध्यक्ष उज्ज्वल थापाले बताए ।

आज माइतीघर मण्डलाबाट निस्केको रयाली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, घन्टाघर, भृकुटीमण्डप, पुतलीसडक, हात्तीसार ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो लगनखेल हुँदै पुनः माइतीघर मण्डला आएर समापन गरिने जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक